Butwal Sandesh

Best Nepali Online Newspaper

कुवेत सरकारले आफ्नै खर्चमा यस्ता नेपाली नागरिकलाइ स्वदेश पठाइदिने

Spread the love

काठमाण्डौ । विदेशमा समस्यामा परेर फर्कने नेपालीको कोरोना जाँच गन्तव्य देशमा कसरी हुन्छ भन्ने अन्यौल भइरहेका बेला कुवेतमा आ*ममाफी पाएर फर्कने दिन कुरिरहेका नेपालीको कोरोना जाँच पनि कुवेत सरकारले नै गरिदिने भएको छ ।

कुवेतमा भिसाको म्याद सकिएका र रोजगारदाता परिवर्तन गरेर गैरकानुनी भएका झण्डै तीन हजार नेपाली कुवेत सरकारले दिएको आम*मा*फीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

नेपाल सरकारले स्वदेश फर्कने नेपालीसँग कोरोना जाँचको प्रमाण हुनुपर्ने मापदण्ड बनाएको छ । आममा*फीमा सहभागी भएकाको कोरोना जाँचसहित कुवेत सरकारले आफ्नै जहाजमा नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जनाकारी दिनुभयो । अन्यको हकमा भने कतिपय कम्पनीले पनि गरिदिन सक्छन् भने कतिले व्यक्ति स्वयंले नै पनि गर्नुपर्ने हुन्छ । तर यसबारे अझैं के प्रावधान हुन्छ भन्नेबारे टुङ्गो नलागेको राजदूत भण्डारीको भनाइ छ ।

कुवेतमा मात्र होइन, अरु देशबाट स्वदेश फर्कने नेपालीको पनि कोरोना जाँच गरेको प्रमाण हुनुपर्ने भनिए पनि कसरी र कसले गर्न पर्ने भन्ने यकिन भइसकेको छैन। कतारमा रहेको नेपाली दूतावासले भने छलफल यसबारे भइरहेको र छिट्टै कुनै उपाय बताउने बताएको छ ।

पाँचदेखि ८ हजारसम्म फर्कने अनुमान

कुवेतमा पहिलो प्राथमिकतामा आममा*फीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका झण्डै तीन हजार नेपाली छन् । तर कुवेतले अहिले उडानको प्रस्ताव मागेको छैन । कुवेतले उडानको प्रस्ताव पठाएपछि उनीहरुको स्वदेश फिर्ती सुरु हुनेछ ।

त्यसपछि घर फिर्ती केन्द्रमा रहेका, रोजगारी गुमाएका, महिला, गर्भवती, बि:रामी लगायत सरकारले तोकेको प्राथमिकतामा परेका नेपाली स्वदेश फर्कनेछन् । उनीहरुको सङ्ख्या पाँच हजारदेखि ८ हजारसम्म हुनसक्ने राजदूत भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आममा*फीमा सहभागी झण्डै तीन हजार र अरु चारदेखि पाँच हजारसम्म हुनसक्ने अनुमान छ, तर यो सङ्ख्या बढ्न सक्छ, हामी अझै पनि तथ्याँक सङ्कलन गरिरहेकै छौं ।’

आममा*फीमा सहभागी भएकाको हकमा कुवेत सरकारले नै विमानस्थलसम्म ल्याइदिने हुँदा यहाँको व्यवस्थापनमा मात्र सरकारले गर्दा हुन्छ । तर अन्य विभिन्न समस्यामा परेकाको हकमा भने व्यक्ति स्वयंले नै टिकट काट्न पर्ने अवस्था पनि रहेको छ ।

दूतावासले कति जना त्यस्ता व्यक्ति हुन्छन् भन्ने विवरण सङ्कलन गरिरहेको छ र त्यसबारे परराष्ट्रलाई जानकारी गराउनेछ । कुवेतका दुई कम्पनीले दूतावासलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिने प्रस्ताव गरेका छन् । यी कुवेतका ठूला कम्पनी हुन् र श्रमिकको सङ्ख्या पनि धेरै छ । तर कतिपय श्रमिक थोरै भएका कम्पनीले भने मिलेर पठाउने खालको प्रस्ताव पनि आउन सक्ने राजदूत भण्डारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *