Butwal Sandesh

Best Nepali Online Newspaper

वर्षौंदेखि मेलम्चीमाथि उठ्दै आएका प्रश्नको बिट मार्ने समय छिट्टै आउँदै छ : खानेपानी मन्त्री बिना मगर

Spread the love

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने समय छिट्टै आउने बताईन ।

उनले आउँदो आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन् ।

दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथभन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने उनको भनाई छ । उनले आउँदो आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताईन ।

त्यसैगरी, रुकुम घ*टनाका बारेमा छानविन गर्न संसदले संसदीय विषेश समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले गठन गरेको उच्चस्तरिय समितिको नाम ‘चौरजहारी नगरपालिका, सोती घ*टना छानविन समिति’ रहेको छ ।

नेकपा सांसद देवेन्द्र पौडेल संयोजक रहेको ९ सदस्यीय उच्चस्तरिय समिति गठन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी संसदीय विषेश समिति गठन गरेको जानकारी गराएका हुन् । समिति सदस्यहरुमा सांसदहरु एकवाल मिया, दुर्गा पौडेल, पार्वती विसुंखे, विमला विश्वशकर्मा, महेश्वरजंग गहतराज, मीन बिश्वकर्मा, रामसहायप्रसाद यादव र प्रकास रसाइली रहेका छन् ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घ*टनाको छानविन गर्न उच्चस्तरिय संसदीय समिति गठन गर्न माग गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *