Butwal Sandesh

Best Nepali Online Newspaper

सांसद गिरीले पत्रकारलाई नै थ*र्काउँदै भनिन्, ‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन्, तपाईले भनेर हुन्छ ?

Spread the love

काठमाडौं। संसदमा सांसदहरुबीच अहिले हिन्दी भाषा, अंगिकृत नागरिकता र नेपाल भारत सिमानाको विषयमा सांसदले राखेको अभिब्यक्तिको विषयलाई लिएर चर्को वहस भएको छ । समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री सरिता गिरीले नेपालले नयाँ नक्सा जारी गर्दा भारत र चीनलाई सोधेर जारी गर्नुपर्ने अभिब्यक्ति दिएपछि त्यसको वि’रोध गरेकी अर्की सांसद गंगा चौधरी माथि अहिले अन्य सांसदहरु खनिएका छन्।

उनले अंगिकृत नागरिकता लिएर नेपालमा सांसद बनेकाहरुलाई लक्षित गर्दै भारतीय चेली भनेपछि संसद तातेको हो । अंगिकृत नागरिकता लिएर सांसद बनेकाहरुले उनको चर्को वि’रोध गरेका छन् । अंगिकृत नागरिकता लिएर सांसद बनेकाहरुले हिन्दी भाषा प्रयोग गर्दै उनीमाथि औंला उठाइरहेका छन् । हिन्दी भाषा आफुहरुको भाषा भएकाले संसदमा बोल्न पाउनुपर्ने तर्क उनीहरुको छ।

यस्तो वहस चलिरहेको बेलामा आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सासद सरिता गिरीले लिम्पियाधुरा नेपालको भूभाग हो भनेर आफुलाई विश्वास नलागेको टिप्पणी गरेकी छन्।

उनले भनिन्, युनाईटेड नेशन्सको सदस्यता लिने बेलामा नेपालको जुन नक्सा स्विकृत भाको छ, नेपाल अन्तर्राष्ट्रीय समूदायमा त्यो नक्साविपरित जान सक्दैन् । त्यसैले गर्दा यो राष्ट्रवादको नाममा जनतालाई भ्रमित गर्ने काम यो सरकारले गरिराछ । आफ्नो कमजोरी लुकाउनको लागि, आफ्नो असफलता लुकाउनको लागि।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो नि, यसबारेमा नेपालसँग सबै प्रमाण छ भन्ने सञ्चारकर्मीको प्रश्नमा सांसद गिरीले भनिन्(‘तपाई अहिले देखाउनुहुन्छ ? यदि १८१६ को सन्धिको कुरा गर्ने हो भने हामी त्यो भन्दापनि अगाडि गईकन गढवाल कुमाउपनि मागौं न भारतसँग । सहमतिमा । मित्रतामा । जब राणा प्रधानमन्त्रीको मित्रता, ईष्ट ईण्यिा कम्पनीसँग थियो । १८६७ को गदरमा । यहाँको प्रधानमन्त्रीले सेना दिएर पठाए । मित्रवत व्यवहारमा चार वटा जिल्ला पाए । १८१६ को यु’द्धमा पनि तत्कालिन शासकहरु प’राजित भाका थिए, तर मित्रवत ढंगाले यहाँका शासकहरुले भने यदि तराईको यदि तराईको जग्गा हामीसँग हुँदैन भने हाम्रो राज कसरी चल्छ ? र, ब्रिटिशहरुले पनि के बुझे भने यदि यहाँ खानापिना हुँदैन भने अनि यु’द्ध समाप्त हुँदैन । यु’द्ध कहाँ हुन्छ ? यु’द्ध कुन स्थानमा हुन्छ ? जहाँ भित्र खानेपिनेको अभाव हुन्छ।’

लिम्पियाधुरा, कालापनी, लिपुलेक नेपालको हो भन्ने कुरा नेपालसँग धेरै प्रमाण र ऐतिहाँसिक तथ्यांक छ र यी कुराहरु बाहिर आईसकेका छन् भनेर पत्रकारको प्रश्नमा गिरीले भोगचलन नभएको प्रतिक्रिया दिईन् । उनले भनिन्,’कालापानी मात्र किन ? हामी त्यो भन्दा अघि पनि ग्रेटर नेपाल, १८६० को सन्धिपछि लिम्पियाधुरा छैन् । लिम्पियाधुराको बारेमा विवाद छ । प्रधानमन्त्रीले स्वयम भन्नुभाछ।’

आफ्नो देशको नक्सा बनाउनको लागि हामीले भारतलाई सोध्नुपर्ने रु लिम्पियाधुरा नेपालको भू(भाग हो नि भनेर धमलाले राखेको कुरामा गिरीले यस्तो प्रतिक्रिया दिईन्, ‘त्यो तपाईको भनाई हो ऋषिजी, लिम्पियाधुरा नेपालको भाग हो, यो त म पनि स्वीकार गर्दिन् । तपाईले भनेर हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *