नेपालका यी ६ जिल्ला कोरोना सं*क्रमण हुन बाट अझै ब*चेको छन

काठमाडौं। कोरोना भाइरसको सं,क्रमण नेपालका ७१ जिल्लामा फैलिसकेको छ। पछिल्लो पटक रोल्पामा पनि सं*क्रमित देखिएपछि अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन्। प्रदेश-१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन् । यस्तै, वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना सं*क्रमणबाट सुरक्षित छन्। कर्णाली प्रदेशको पश्‍चिम रुकुममा अहिलेसम्म कोरोना सं,क्रमण देखिएको छैन।२३ जेठमा कर्णालीको हुम्ला तथा गण्डकीको गोरखा र कास्कीमा सं*क्रमित फेला परेका थिए।

यस्तै, २४ जेठमा कर्णालीकै जाजरकोट र डोल्पामा पहिलोपटक कोभिड-१९ का बि,रामी भेटिएका छन्। २५ जेठमा प्रदेश-५ को रोल्पामा पनि सं,क्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना सं,क्रमण फैलिएका जिल्ला ७१ पुगेका हुन्।सुदूरपश्‍चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश-५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश-२ का आठवटै र प्रदेश-१ का १४ मध्ये १२ जिल्लामा कोरोना सं*क्रमित देखिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानसम्म देशभर तीन हजार चार सय ४८ जनामा कोरोना सं,क्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *