Butwal Sandesh

Best Nepali Online Newspaper

मुला रोपेर आलु फलाउने गफ दिने ? अर्थमन्त्रीले संसद्‍मा मा*फी माग्नुपर्ने सांसद लामाको माग

Spread the love

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नविना लामाले संविधान र नेकपाको चुनावी घोषणापत्रविपरीत बजेट ल्याएको भन्दै अर्थमन्त्री र शिक्षामन्त्रीले संसद्‍मा आत्मालोचनासहित माफी माग्नुपर्ने बताएकी छन् । अहिलेको बजेटले शिक्षा क्षेत्रमा तुसारापात गरेको आ*रोप उनले लगाइन्।

विनियोजन विधेयकमा शिक्षा मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै सांसद लामाले चुनाव लड्न नपर्ने अर्थमन्त्रीले बजेटमा मनोमानी गरेको आरोप लगाएकी हुन् ।

‘बजेट नेपालको संविधानअनुसार समाजवादउन्मुख राज्य बनाउने र नेकपाको चुनावी घोषणापत्र दुवै कोणबाट च्युत भएको देखिन्छ । संविधानको धारा ३१ ले शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ, तर बजेटको दफा १ सय ६६ मा माध्यमिक शिक्षा निजी क्षेत्रलाई दिने संकेत गरिएको छ,’

सांसद लामाले भनिन्, ‘यसको म घोरविरोध गर्न चाहन्छु, नेपाली जनताको रगतसँग साटेको संविधानको मर्मविपरीत छ, नेपाली विद्यार्थी आन्दोलनलाई कुठाराघात गरेका छ । त्यतिमात्र होइन नेकपाको शिक्षा नीति विपरीत छ । शिक्षामन्त्री र अर्थमन्त्रीले संसद्‍मा आत्मालोचना सहित माफी माग्नुपर्छ ।’

बजेटले शिक्षा क्षेत्रमा तुसारापात गरेको आरोप लगाउँदै उनले भनिन्, ‘नेकपाको समाजवादको शिक्षा नीति यही हो, यो त चोभारमा बगाएर सुन्दरीजलमा गएर खोजेजस्तो भएन ? मुला रोपेर आलु फलाउने जस्तो गफ दिए जस्तो भएन ? शिक्षामा जुन ढंगले तुषारापात गरेको छ । फेरि पनि घोर भत्सनागर्न चाहन्छु ।’ सांसद लामाले कहिलै चुनावमा लड्नु नपरेका कारण अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बजेट बनाएको टिप्पणी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *