भारत र चीन वार्तामा भयो यस्तो महत्वपूर्ण सहमति
एजेन्सी । लामो समय देखि सिमा वि,वाद झेल्दै आएका चीन र भारतबीच शनिवार वार्ता भएको छ । दुई देशबीच वि,वाद रहेको सिमाना लद्दाकमा दुवै देशका सेनाका अधिकारीहरु उपस्थितीमा वार्ता भएको हो । भारतका सेनाका अधिकारीहरुले वार्ता सकारात्मक भएको प्रतिकृया दिएका छन् । लद्दाकमा जारी सिमा विवादले समस्या बढ्दै गएपछि चीन र भारत वार्ताको टेवलमा बसेका हुन् । तीन महिना यता लद्दाकमा दुवै तर्फका सेनाबीच झ,डप जारी छ । दुवै देशले सो क्षेत्रमा सैनिक संख्या थपेका छन् ।
दुवै देशमा वार्ता महत्वपूर्ण रहेको बताए पनि वार्तामा के कुरामा सहमति भयो भन्ने कुरा भने खुलाएका छैनन् । भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार शनिबार बिहान करिब ११ बजे सुरु भएको छलफल लगातार ३ घण्टासम्म चलेको थियो। छलफल सिमा विवादको विषयमा केन्द्रित थियो ।
वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह तथा चीनका तर्फबाट मेजर जनरल लियु लिनको नेतृत्वमा वार्ता टोली सहभागी भएको थियो। अब वार्तामा भएका कुराकानी भारतका लेफ्टिनेन्ट जनरल सिंहले आफ्ना सेना प्रमुख नरवणेसमक्ष प्रस्तुत गर्ने बताइएको छ। तर वार्तामा के सहमति भयो भन्नेबारे दुवै तर्फका सेनाले अहिलेसम्म सार्वजनिक गरेका छैनन्।
यस्तै भारतकै अर्को अंग्रेजी पत्रिका टाइम्प अफ इन्डियाले दुई देशका सैनिकबीच शनिबार भएको वार्ता सकारात्मक भएको जनाएको छ। समाचार स्रोतलाई उधृत गर्दै उसले दुई देशबीचको वार्ता सकारात्मक भएको र सीमा क्षेत्र लद्दाखमा पहिलेजस्तै शान्ति कायम गर्न दुवै देश सहमत भएको उल्लेख गरेको छ।
यसको अर्थ प्यान्गङ ताल, गोगरा(हट स्प्रिङ क्षेत्र र गाल्भान उपत्यकामा दुवै देशले तैनाथ गरेका सैन्य बल तथा हति,यार अब हटाउने अनुमान गरिएको छ। भारतीय विदेश मन्त्रालयले केही वेर अघि जारी गरेको विज्ञप्तीमा भारत र चीनबीच अहिले सिमानाका विषयमा जारी वि,वादलाई शान्तीपूर्ण ढंगले हल गर्ने विषयमा दुवै देश राजी भएको उल्लेख छ । बीबीसी हिन्दीका अनुसार सिमाका विषयमा अहिले सम्म भएका सम्झौता ख्याल गर्दै दुई देशको सम्बन्धलाई थप बलियो बनाएर लैजाने विषयमा सहमति भएको छ ।