Butwal Sandesh

Best Nepali Online Newspaper

अहिलेसम्म कोरोना नदेखिएका यी हुन नेपालका ७ जिल्ला

Spread the love

काठमाडौं – नेपालमा कोरोना भाइरसको सं,क्रमणबाट अब ७ जिल्ला मात्र सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोटमा पनि सं,क्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र सं,क्रमणरहित रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म सं,क्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् ।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अब कोरोना भाइरसको सं,क्रमणरहित अर्थात सुरक्षित रहेका छन्। यस्तै बागमती प्रदेशको १३ जिल्लामध्ये रसुवा, गण्डकी ११ जिल्लामध्ये प्रदेशका मनाङ र मुस्ताङ, प्रदेश ५ को १२ जिल्लामध्ये रोल्पा तथा कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा सं,क्रमित भेटिएका छैनन्।

त्यसै गरि, नेपाली सेनाको समेत सक्रिय सहभागिता रहेको कोरोना सं*कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले असारको सुरुवाती दुई साता लकडाउन खुकुलो बनाउन नहुने बेग्लै प्रस्ताव तयार पारेको छ । बन्दाबन्दी खुकुलो बनाउँदा कोरोना सं,क्रमण अझै बढ्ने र जनमासनसमा त्रा,सको वातावरण बन्ने उसको निष्कर्ष छ । उसले भनेको छ, बढ्दो सं,क्रमण र समुदाय स्तरमा समेत संक्रमण फैलिएकाले खुकुलो डाउनमा जाँदा कुनै पनि बेला भ,यावह स्थिति सिर्जना हुनसक्छ ।’

प्राप्त मस्यौदा अनुसार सीसीएमसीले लकडाउन खुकुलो गर्ने पाँच तह बनाएको छ । जेठ ३२ सम्म कायम रहेको बन्दीबन्दी सकिएको दुई सातासम्म पहिलो चरण लागू गर्ने उसको प्रस्ताव छ । यो चरणमा सुरक्षा उपाय अपनाएर आन्तरिक सवारी उडान आंशिक रुपमा खोल्न सकिने उल्लेख छ । यसबाहेक अरु बन्दाबन्दी अहिलेकै स्वरुपको लागू हुनेछ ।

असार तेस्रो र चौथो साता दोस्रो चरण लागू हुनेछ । यसमा भने लकडाउन केही खुकुलो हुनेछ । सीसीएमसीको प्रस्ताव अनुसार यो चरणमा जिम, मर्निङ वाक, सरकारी तथा निजी कार्यालय, साना तथा घरेलु उद्योग, वाहृय उडान आंशिक रुपमा खुला गर्न सकिने प्रस्ताव छ ।

सार्वजनिक यातायात तेस्रो चरणमा मात्र खुल्ने सीसीएमसीको प्रस्ताव छ । यो चरणमा ५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने, विद्यालयहरुमा भर्ना प्रक्रिया सुरु गर्न दिने र होम डेलिभरी गर्ने गरी होटल रेष्टुँरा खोल्ने प्रस्तावमा उल्लेख छ । ईश्वर पोखरेलको नेतृत्वमा समितिले तयार पारेको प्रस्तावमा भने जेठ २५ देखि नै लकडाउन खुकुलो पार्ने, जिल्लाभित्र आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आधा यात्रुहरु राखेर हवाइ उडान सञ्चालन गर्ने अनि असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *