Butwal Sandesh

Best Nepali Online Newspaper

भोलिदेखि मालपोत कार्यालयहरु खुल्ने (हेर्नुस् विज्ञप्ति)

Spread the love

काठमाडौं, २४ जेठ । कोरोना म*हामारीसंगै लकडाउनले गर्दा बन्द रहेको देशभरका भूमिसुधार र मालपोत कार्यालयहरु भोली २५ गते आइतबारबाट खुल्ने भएका छन् ।

अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत/भूमिसुधार शाखाले सूचना निकालेको छ।

पेस विज्ञप्ति:

त्यस्तैगरि, प्रतिनिधिसभाका सदस्यले किसानको उत्पादन बजारमा जान नसकिरहेका बेला भारतबाट आयातित कृषिजन्य वस्तु भने गाउँगाउँमा पुगेको भन्दै चि’न्ता प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथि जारी छलफलमा भाग लिँदै सांसदहरुले मुलुकको कृषि उत्पादनलाई बजारीकरण गर्न सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मशीला चापागाईले नेपाली किसानले उत्पादन गरेको वस्तु बजारमा पुग्दैन तर भारतको उत्पादन कसरी गाउँगाउँमा पुगिरहेको छ भनी प्रश्न गर्नुभयो । उहाँले कृषिको उत्पादन र बजारीकरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

पशुपालन र कृषिलाई १२ कक्षासम्म पढ्न पाउने गरी ऐच्छिकरुपमा पाठ्यक्रममा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद चापागाईले चियालाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्नेमा त्यसो हुन नसक्दा पूर्वका धेरै किसानले चि*त्त दुखाएको जानकारी गराउनुभयो ।

नेकपाकै राधा ज्ञवालीले कोभिड–१९ को कहरलाई सम्बोधन गर्ने गरी बजेट आएको तर अझै स्वास्थ्य मन्त्रालयको बजेट कम भएको उल्लेख गर्नुभयो । उहाँले कृषिमल, बीउ समयमै उपलब्ध गराउन र तरकारी, फलफूल, मासु, अण्डा र दुधजन्य वस्तुको उचित बजारीकरण गर्नसमेत माग गर्नुभयो । राज्यले किसानको उत्पादनको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले हिमाली क्षेत्रको खर्कलाई विकास गरी भेडापालनमार्फत ऊन उत्पादनतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । यस्तै फलफूल उत्पादन वृद्धि गर्नेतर्फ जोड दिन र दक्षिण तराईमा खाद्यान्न उत्पादनमा प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो । ऊर्जा खपतको वातावरण निर्माण गरी ऊर्जा उत्पादनमा सहुलियत कार्यक्रम ल्याउनसमेत उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुष्पा भुसालले बजेटले स,ङ्कट मुक्तिका लागि अपेक्षाअनुसार काम गर्न नसक्ने जिकिर गर्नुभयो । सदनमा विनियोजन विधेकमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले पूर्वाधारमा बढी बजेट विनियोजन भएको जिकिर गर्नुभयो । उहाँले कोरोनाको उपचार आरडिटी नभएको भनेर विश्व स्वास्थ्य सङ्गठनले भनिसकेको अवस्थामा सरकार किन आरडिटी किन्नतिर ध्यान केन्द्रित गरिरहेको छ भनी प्रश्न गर्नुभयो ।

साठी प्रतिशतभन्दा बढी मानिस कृषिमा आश्रित रहेको मुलुक श्रमिक प्रधान देश भइरहेको भन्दै उहाँले कृषिमा आवश्यक बजेट उपलब्ध गराउन माग गर्नुभयो । यो वा त्यो नाममा कृषिको बजेट अन्य मन्त्रालयमा लगेर सरकारले कृषिको ध,ज्जी उडाएको उहाँले आ,रोप लगाउनुभयो । भुसालले रोजगारी सिर्जना गर्ने तर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी, अर्थ, श्रम तथा रोजगार, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन, उद्योग स्वास्थ्यलगायत शीर्षकमा आज सदनमा छलफल भएको थियो । सांसद विमला विश्वकर्मा, श्यामकुमार श्रेष्ठ, मायादेवी न्यौपाने, तिर्था गौतम, कमला रोका, हितबहादुर तामाङ, अञ्जना विसङ्खे, निरादेवी जैरु, प्रकाश रसाइली, छक्कबहादुर लामालगायतले विनियोजन विधेयकमाथि आआफ्नो धारणा राख्नुभएको थियो । बैठक आइतबार विहान ११ः०० बजे पुनःबस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *