साइकल चलाएरै मुम्बइबाट ८ दिनमा नेपाल आइपुगे नेपाली युवाहरू

कैलालीका ८ जना युवा भारतको मुम्बईबाट साईकलमा यात्रा गर्दै धनगढी आई पुगेका छन् । ८ दिन लगाएर उनीहरु साईकल यात्रा गर्दै धनगढी आई पुगेका हुन् । रोजगारीका लागि भारत पसे लगत्तै लकडाउन सुरु भएपछि उनीहरु विभिन्न दुःखहरु भोग्दै घर फर्किएका हुन् । उनीहरु मध्ये ६ जना वडा नम्बर १४ का र एक एक जना वडा नम्बर १५ र १८ का रहेका छन् ।

भारतको महाराष्ट पुगेको केही दिनपछि नै लकडाउन सुरु भएपछि रोजगारी विहीन हुँदा साईकल किन्नका लागि साथीभाईसँग सरसापटी मागेर घर फर्किएको एक जना युवा उपेन्द्र चौधरीले बताए । खान वस्नके समस्या भएपछि त्यहाँको सरकारले कुनै व्यवस्था नगरेपछि आफुहरु फर्किएको उनीहरुको भनाई छ ।

रोजगारीका लागि उनीहरु भारत पसेको १७ दिनमै लडकाउन सुरु भएपछि उनीहरु वेरोजगार भएका थिए । केही दिन भएको पैसा र केही दिन अरुसँग मागेर खाएका उनीहरु त्यसपछि खानका लागि समस्या भएपछि साईकलमै उनीहरु घर पुगेका हुन् ।

वाटोमा जसले जे दियो त्यही खादै आएको अर्का युवा सागर चौधरीले बताए । उनीहरुले साईकलसँगै पम्प पनि सँगै वोकेर वाटोमा हावा भर्दै अआएका छन् । उनीहरुलाई अहिले वडा नम्बर १४ मा रहेको सर्वोदय माविको क्वारेन्टाईनमा राखिएको वडा नम्बर १४ का अध्यक्ष राम बजारी चौधरीले जानकारी दिए ।

त्यसैगरि, नेपालका लागि रोजगारीका प्रमुख गन्तव्य मानिएका ६ मुलुकबाट मात्रै झण्डै ४० हजार नेपालीलाई फर्काइने भएको छ। यी देशस्थित नेपाली दूतावासले तत्काल फर्किनुपर्ने नेपालीको विवरण संकलन गरेर पठाएका छन्।

कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन र ओमानबाट मात्र ३९ हजार ४ सय २० जना फर्किनै पर्ने अवस्थामा रहेको दूतावासहरुको तथ्यांक छ। विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने भनिएपनि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले पहिलो चरणमा रोजगारदाता र सम्बन्धित देशले नै फर्काइदिने निर्णय गरेसँगै युएई र म्यानमारले हिजो आफ्नै खर्चमा नेपालीलाई स्वदेश ल्याइलिएको हो ।

दूतावासहरुले परराष्ट्र मन्त्रालयमा दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट नेपाली फर्किने छन्। यूएईमा मात्रै १७ हजार ३ सय ७५ जना नेपाली फर्किनुपर्ने अवस्थामा छन्। यस्तै कतारबाट ८ हजार ३ सय ७० जना नेपालीले फर्किन फारम भरेका छन्।

साउदीबाट ६ हजार ५ सय ४४ जना र मलेसियाबाट ६ हजार २ सय नेपाली फर्किने भएका छन्। यस्तै ओमानबाट ६ सय ५६ र बहराइनबाट २ सय ८५ जना नेपालीले फर्किन फारम भरेका छन्।

कुवेतबाट आममाफी पाएका तीन हजार र अन्य ५ हजारजति फर्किने आंकलन गरिएको छ। तर त्यहाँको अन्तिम तथ्यांक प्राप्त भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *