Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना म’हामारीमा ओली सरकारको अर्को ‘ख*तरनाक’ निर्णय

Spread the love

काठमाडौं : कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस सं क्रमण रोकथाममा गरिरहेका काम प्रभावकारी नभएको भनेर आलोचना भइरहेका बेला सरकारले अर्काे अचम्म गरेको छ । कोरोना सं क्रमितलाई निको नभएपनि लक्षण नदेखिए घर पठाउने भनेर सरकारले गरेको निर्णयले देशभर महामारी फैलिनसक्ने खतरा देखिएको छ । यसअघि सरकारले कोरोना संक्रमण निको भएपछि मात्रै डिस्चार्ज गर्ने गरेको थियो ।

लक्षण नदेखिएका कोरोना संक्रमितलाई निको नहुँदै घर पठाउने सरकारको पछिल्लो निर्णय अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमितलाई निको नहुँदै डिस्चार्ज गरेको छ । तर उनी अस्पतालबाट डिस्चार्ज भएपनि घर जान पाएनन् । अस्पतालबाट बाहिरिएर धनगढीका सडकमा अलपत्र परेका छन् कोरोना संक्रमित ।

अस्पतालमा उपचाररत बाबुछोरीसहित ६ जना कोरोना संक्रमितलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताएका छन् । ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई डिस्चार्ज गरिएको हो,’ उनले भने ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ । हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौं ।’

अस्पतालले डिस्चार्ज गरेका व्यक्तिहरू अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरुष, वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई रहेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि ती संक्रमित व्यक्तिहरू सडकमा अलपत्र भए । उनीहरूको धनगढीमा घर छैन ।

अछाम र बैतडीका ती संक्रमितलाई घरसम्म जान यातायातको साधन पनि छैन । अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरूलाई घरसम्म पुर्‍याइदिने कुनै सरकारी निकाय पनि देखिएन । यसरी कोरोना भाइरससँग लडिरहेका व्यक्ति शुक्रबार धनगढीमा अलपत्र परेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि अर्बाैं रुपैयाँ खर्च गरेको बताउने गरेपनि कोरोना सं क्रमितहरू सडकमा अलपत्र बस्नुपर्ने अवस्था आएको छ । कोरोना भाइरस निको हुन पर्याप्त आहारा खानुपर्ने, मानसिक चिन्ता कम हुनुपर्ने र आराम गर्नुपर्ने भएपनि कोरोना संक्रमितहरू न आहारा, न आराममा चिन्तित भएर धनगढीका सडकमा अलपत्र भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *