Butwal Sandesh

Best Nepali Online Newspaper

मलेसियाको विमानस्थलमा दुई महिनासम्म अलपत्र परेका प्रितम दर्लामी यसरि नेपाल आइपुगे

Spread the love

मलेसियाको विमानस्थलमा २ महिनादेखि अलपत्र परेका नवलपरासीका प्रितम दर्लामी मलेसियन एयरको उडानबाट आज काठमाडौं आइपुगेका छन्। विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीकाअनुसार उनी विश्व खाद्य कार्यक्रमको कार्गो उडानबाट नेपाल आएका हुन्।

मलेसियन एयरको जहाजबाट नेपालका लागि सहायता सामग्री बोकेर आएको उक्त जहाजबाट आएका उनलाई नेपाली सेनाले क्वारेन्टिनमा राख्ने जिम्मा लिएको केसीले जानकारी दिए।

विश्व खाद्यको सामग्री बोकेर आएको उक्त जहाजमा सरकारले ल्याउन अनुमति दिएका एकजना नेपाली नागरिक पनि आउनुभएको थियो। उहाँलाई सिसिएमसीको टोलीले क्वारेन्टिनमा राख्नेगरी जिम्मा लिनुभएको छ,’ केसीले भने।

केसीका अनुसार उक्त जहाज फर्किसकेको छ। जाँदाखेरी भने ११ जना यात्रु लिएर उक्त जहाज गएको थियो। जसमा मलेसियामा बसोबास गर्ने परिचयपत्र भएका नेपालीमूलका नागरिक पनि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *