Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाविरुद्ध ‘एन्टिभाइरस’ नामक औषधि रुसले विकास गर्‍यो, सं´क्रमित ४ दिनमै निको भएको दाबी

Spread the love

एजेन्सी । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयाेगमा स्वीकृति दिएकाे छ ।

योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरसविरुद्धको औषधि दिन सुरू गरिन लागेकाे समाचार एजेन्सीहरूले जनाएका छन् । रुसका स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने बताइएकाे छ ।

रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका काेराेना संक्रमितहरूलाइ याे औषाधि दिइने बताएकाे समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेकाे छ ।

यो एन्टिभाइरसको रुपमा विकास गरिएको औषधिको नाम ‘एभिफ्याभिर’ राखिएको छ । कोरोना भाइरसविरुद्धको औषधि अहिलेसम्म कुनै पनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि विकास गरेकाे दावी गरे पनि प्रयोगका लागि सरकारले अनुमति दिएको छैन ।

सम्भवत: कोरोना भाइरस विरूद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दाबी गरेको छ ।

जापानमा पनि यो औषधिलाई ‘एभिगान’ नामबाट परीक्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेकाे पनि समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना विरुद्धको औषधिका रुपमा स्वीकृति दिन बाँकी नै रहेको छ ।

Source – News24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *