Butwal Sandesh

Best Nepali Online Newspaper

अधिकांश नेपाली सहित कतारमा एकै दिन ५ हजार २ सय ३५ कोरोना सं,क्रमित निको भएर फर्किए

Spread the love

काठमाडौँ । खाडी मुलुक कतारमा एकै दिन ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । निको हुनेहरुमा अधिकांश नेपाली कामदारहरु रहेको खुलेको छ ।

यत्तिका धेरै संख्यामा एकै दिन निको भएको यो नै पहिलो भएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । निको हुने युवाहरुको उमेर १९ देखि ४० हजार रहेको छ । उनीहरुलाई १५ दिनसम्म क्याम्पमै बस्न समेत निर्देशन दिइएको छ ।

कतारमा लाखौको संख्यामा नेपाली कामदारहरु कार्यरत रहेका छन । गत मे १९ सम्मको रिपोर्ट अनुसार ६ हजार ९ सय ११ जना नेपाली कामदारलाई कोरोना पोजिटिभ देखिएको थियो । संक्रमितहरुलाई कतार सरकारले आफ्नो नागरिक सरह नै हेरबिचार गरिरहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजले बताए ।

कतारमा अहिले सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार २६२ पुगेको छ । ३६ जनाको मृ त्यु भएको छ । भने २५ हजार ८३९ जना निको भएर घर फर्कि सकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *