Butwal Sandesh

Best Nepali Online Newspaper

चीनले रोक्यो भारतको सडक निर्माण :‘सम्झौताबाट पछि हट्यो चीन’

Spread the love

काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर निर्माणाधिन तिब्बतको मानसरोवर सडकको निर्माण कार्य चीनले रोकेको छ । चीनको सीमा क्षेत्रभित्रको करिव ५ किलोमिटर क्षेत्रभित्र पुगेपछि सडक निर्माणमा रोक लगाएको होे ।

भारत – चीनबीच २०७२ सालमा सो क्षेत्रबाट सडक निर्माण गर्ने सम्झौता भएको थियो । नेपालले त्यतिबेला नै आफ्नोे भूमिबाट सडक निर्माण गर्न दुइ देशले सम्झौता गरेकोमा बिरोध जनाएको थियो । भारतले एकतर्फी रुपमा सडक निर्माण गर्दै आएकोमा नेपालले बिरोध जनाएपछि सो सम्झौताबाट चीन पछि हटेको छ । चीनले भारतसँग सम्झौता गरेपनि समसामयिक परिस्थितिमा यो उपयुक्त नरहेको भन्दै भारतद्धारा गरिएको सडक निर्माणमा रोक लगाएको हो ।

भारतको एकतर्फी सडक निर्माणको नेपालले विरोध गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ । चीनले भने यसअघि नै भारतले बनाएको सो सडक भएर आवत जावत गर्ने नाका भने बन्द गरिदिएको छ । चीनले भारतलाइ दुइ देशबीच बिबाद मिलाउ भनेर रोकिदिएको जनाइएको छ ।

हाल कालापानीको सीमालाइ लिएर उत्पन्न विवाद नेपाल र भारत बीचको भएको चीनले बताएको छ । र, यो समस्या दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रीपूर्ण परामर्शबाट विमतिहरु हल गर्नेछन ।’ साथै चीनले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *