Butwal Sandesh

Best Nepali Online Newspaper

देशको हितमा मनिषा कोइरालालाई सपोट गर्दै बोलेको बर्षा राउतको त्यो समर्थन कसैले देखेनन

Spread the love

नेपाली चेली मनिषा कोइराला बिरुद्ध भारतिय मिडियाले एकोहोरो रुपमा गरिरहेको अत्या’चारको नायिका बर्षा राउतले बिरोध जनाएकी थिइन । मनिषा कोइरालाले आफ्नो जन्मभूमिप्रति गरेको व्यवहार जायज भएको भनाई बर्षाले स्पष्ट रुपमा राखेकी थिइन।

तर हिजो अस्ति मात्रै सामाजिक सन्जालमा एउटा भिडियो क्लिप भाइरल हुँदा उनी बिबादमा तानिइन, उनको अभिव्यक्ति प्रती धेरैले आलोचना गरेका थिए, तर यश बारे उनले आफ्नो भनाइको तरिका नमिलेको स्वीकार गर्दै माफी समेत मागी सकेकी छिन। उनले नेपालकी छोरी मनिषा कोइराला विरुद्ध भारतीय मिडिया बाट बिरोध र अपमान जनक प्रस्तुति प्रति खरो रुपमा प्रस्तुत हुँदै फेसबुक मार्फत नै बिरोध जनाएकी थिइन, ।

बर्षा राउतले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेकी थिइन, ‘पसिना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दिदीले आफ्नो आमा माथि हस्तक्षेप सहनु भएन । त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृ भूमीको सम्मान मा उभिनु भयो । आज भारतिय मिडियाले उहाँ माथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ । र, मनिषा दिदीको स्वाभिमानलाई अझै मजबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृ भूमि र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन।’

त्यस्तै, नायिका मनिषा कोइराला’को एक ट्वीटका का’रण भारतिय मिडियाको पसिना छुटेको भन्दै नेपालका चर्चित सञ्चरकर्मी रवि लामिछानेले भारतिय मिडियालाई आफ्नै सरका’रले संयुक्त राष्ट्रमा वुझाए’को नक्साको अध्ययन गर्न सुझाव दिएका छन ।

मनिषा कोईराला जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी भएकोले उनी बो’ल्छिन भन्दै यस्तो स्ट्या’टस लेखेका छन, “मनिषा कोईराला’को एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्ष’मा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ ।

कहिल्यै अ’र्काको उपनिवेश नभएको, स्वतन्त्र’ता दिवस कहि’ल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त ?

हेर्नुहोस् रविको पोस्ट जस्ताको तस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *