Butwal Sandesh

Best Nepali Online Newspaper

आज एकाबिहानै एकै पटक ७२ जना नयाँ कोरोना सं*क्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

Spread the love

काठमाडौँ, १२ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज एकै पटक थप ७२ जनामा सं,क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार याँ सं,क्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा सबै भन्दा बढी ३७ जना संक्रमित पुष्टि भएका छन ।

यहाँ सं,क्रमित पुष्टि भएकाहरुमा धनुषा नगराईन नगरपालिका ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ४,५, र ६ का १९,२० र २३ वर्षीय पुरुष, काठमाडौँ टोखा नगरपालिका ३,६ र बुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षीय पुरुष, बारा कलैया नगरपालिका कोटवाली १ का २५ र ३२ वर्षीय पुरुष रहेका छन् । त्यस्तै रौतहट राजपुर फरहदवा २, ६, ८ र इश्नाथ २ का १८ ,१९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षीय पुरुषहरु रहेका छन ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परिक्षणमा सप्तरी डाक्नेस्वरी गाउपालिकाका २२ र ३४ वर्षीय पुरुष सं,क्रमित भएका छन् । त्यसै गरि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा वर्दिया बसगढ़ी ९ का २५ वर्षीय पुरुष, बाँके दुधवा गाउपालिका २ र राप्ति सोनारी गाउपालिका ७ का १६, २३, २३ र २४ का पुरुषहरु रहेका छन ।

योसँगै नेपालमा कोरोना भाइरसका कूल सं,क्रमितको संख्या ६७५ पुगेको छ । अहिले सम्म १०५ जना निको भएर घर फर्किएका छन् । भने ३ जनाको मृ त्यु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *