Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वभर कोरोनाबाट मृ*त्यु हुने नेपालीको संख्या १ सय १७ पुग्यो

Spread the love

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सं,क्रमणले हालसम्म मृ त्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्या न गुमाएका छन् ।

संघका अनुसार यो समाचार तयार पार्दासम्म युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्या न गएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृ त्यु भएको छ ।

संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा १८ जना नेपालीको नि धन भएको छ । त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्या न गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृ त्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

मृ त्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखी ९० वर्ष उमेर समूहमा सबै भन्दा धेरै ५३ प्रतिशतको नि धन भएको छ । स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् । ४० वर्ष भन्दा कम उमेर समूहमा नि धन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन् ।

संयोजक डा.सापकोटाका अनुसार नेपाल सहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट सं,क्रमित भएका छन् । सं,क्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *