Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरस रोकथामका लागि नेपालमा औषधि वितरण गराइदै…

Spread the love

काठमाडाैँ – कोरोना भाइरसको लागि भरपर्दो औषधि तथा खोपको विकास हुन नकिरहेको अवस्थामा धेरैको ध्यान आयुर्वेदिक र होमियोप्याथी औषधितर्फ तानिन थालेको छ ।

विश्वव्यापीरुपमा नै पुनः आफ्नो अस्तित्व पुनः उजागर गर्न थालेको आयूर्वेद र होमियोप्याथी औषधि कोरोना भाइरसको उपचारमा पनि सहयोगीसिद्ध हुने प्रमाणहरु समेत जुटन थालेका छन् ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि पनि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड १९ को होमियोप्याथिक उपचार पद्धतिको प्रोटोकलसमेत तयार पारेपछि यसप्रति झै आकर्षण बढ्न थालेको छ ।

यसै क्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गानाइजेशनको सहकार्यमा कोरोना भाइरस नियन्त्रणमा सहयोगीसिद्ध ठानिएको होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्ने तयारी थालेको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारले नेपालमा कोभिड–१९ को होमियोप्याथिक उपचार पद्धतिको समेत प्रोटोकल तयार पारेपछि सरकारको प्रोटोकल अनुसार होमियोप्याथिक औषधि कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई नै वितरण गरिएको जानकारी दिए ।

उनले अब अब आम नागरिकलाई पनि उपलब्ध गराउने तयारी अगाडि बढाइएको पनि बताए ।

पहिलो चरणमा २ लाख परिवारलाई निःशुल्क वितरण गरिने ‘आर्से्निकम एल्बम ३० सि’ को होमियोप्याथिक औषधि २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यसपछि २ गोली प्रत्येक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्न सकिने अध्यक्ष मितलले बताए ।

होमियोपेथिक औषधि कोरोना भाइरस रोकथाममा निकै प्रभावशाली हुने विश्वास पनि अध्यक्ष मितलको छ । – sallerikhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *