Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वको सबैभन्दा धनी शहरबाट धनाढ्यहरु भा,गाभाग !

Spread the love

काठमाडौं । कोरोनाभाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित बनेको छ । अमेरिकामा १५ लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् र ९० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकामा पनि न्यूयोर्क शहर सबैभन्दा धेरै पीडित छ । पछिल्लो समय सार्वजनिक भएको एक रिपोर्टमा अमेरिकाको न्यूयोर्क शहरबाट धनाढ्यहरु भागेर अन्य शहरमा गएको खुलासा भएको छ । न्यूयोर्क विश्वकै सबैभन्दा धनी शहर मानिन्छ । फोर्ब्सको रिपोर्ट अनुसार यहाँ ८४ जना डलर अर्बपतिहरु बस्छन् र यो शहरको नेटवर्थ ४६९.७ बिलियन डलर छ ।

न्यूयोर्क राज्यमा मात्र कोरोनाभाइरसका कारण २८ हजारभन्दा धेरैको मृत्यु भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार न्यूयोर्क शहरबाट लाखौं मानिसहरु अन्य क्षेत्रमा गएका छन् । यरी जानेमध्ये शहरको धनी क्षेत्रबाट अन्य क्षेत्रमा जानेहरु ठूलो संख्यामा छन् । अलग अलग स्रोतबाट जुटाइएका स्मार्टफोन लोकेसन डाटा एनालिसिसबाट शहर छाडेर जानेहरुको बारेमा जानकारी प्राप्त भएको हो । मोटामोटी तथ्यांकअनुसार न्यूयोर्क शहरबाट ५ प्रतिशत जनसंख्या अर्थात करिब ४ लाख २० हजार मानिसहरु अन्य क्षेत्रमा गइसकेका छन् ।

मार्चमा न्यूयोर्क शहरका ५६ हजार जनाले अमेरिकाको पोस्टल सर्भिसमा मेल फरवार्डिङका लागि अनुरोध गरेका थिए । यो आम रुपमा एक महिनामा गरिने अनुरोधको २ गुणा थियो । अप्रिलमा यो संख्या बढेर ८१ हजार पुग्यो । यस्तो अनुरोध गर्नेहरुमध्ये ६० प्रतिशतले न्यूयोर्क शहरभन्दा बाहिर मेल फरवार्ड गर्नको लागि अनुरोध गरेका थिए । अपर इस्ट साइड, वेस्ट भिलेज, सोहो, ब्रुकलिन न्यूयोर्कका धनी इलाका हुन् । यहाँको जनसंख्या ४० प्रतिशतसम्म घटेको अध्ययनमा खुलेको छ ।

यद्यपि यी क्षेत्रमा ठूलो संख्यामा विद्यार्थीहरु पनि बस्थे जो कलेज र युनिभर्सिटी बन्द भएपछि शहर छाडेर गए । केही आफ्ना परिवार र साथीको हेरचाहको लागि पनि शहर छाडेर गए । तर, शहर छाडेर जानेहरुमा उच्च आय भएका व्यक्तिहरुको संख्याउच्च देखिएको छ । सबैभन्दा धेरै आय भएका मानिसहरु बस्ने क्षेत्र सबैभन्दा छिटो खाली भएको पाइएको छ । न्यूयोर्क टाइम्सले डेस्कार्टेस ल्याब्स र अन्य संस्थानहरुको डाटाको विश्लेषण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *