Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरस सं*क्रमणबाट मृ*त्यु भएकी २९ वर्षीय महिलाको पशुपति आर्यघाटमा दा,हसंस्कार गरियो

Spread the love

काठमाडौं, ३ जेठ। कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट मृ त्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

उनको विद्युतीय श,वदाहमा दाहसंस्कार गरिएको स्रोतले जनाएको छ । काभ्रेको धुलिखेल अस्पतालमा मृ त्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय महिलाको श,व सुरक्षाकर्मीको स्कर्टिङमा एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।

धुलिखेल अस्पतालमा मृ त्यु भएकी सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृ त्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शनिबारको नियमित प्रेस सम्मलेनमा उनको मृ त्युको कारण कोरोना भाइरस कै कारण भएको पुष्टि गर्न नसकेको स्वास्थ्य मन्त्रालयले शनिबार बेलुका ९ : ५ बजे सार्बजनिक प्रेस विज्ञप्तिबाट यसको पुष्टि गरेको हो ।

मृ,तक सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको श,व दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ। काभ्रेका प्रमुख रविकुमार पौडेलका अनुसार महिलाको शव नेपाल प्रहरी र सेनाको टोलीले शवबहानमा राखेर र अगाडिपछाडि स्कर्टिङ गर्दै पठाएको छ

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय ती महिलामा कोरोना सं क्रमण भए नभएको मृ त्यु पश्चात मात्र पता लागेको हो । ९ दिन अगाडी टिचिङ अस्पताल महाराजगंजमा सुत्केरी भएर उनि गत बैशाख २५ गते नै डिस्चार्ज भएर घर गएकी थिइन्। घर पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो।

उनको मृ त्यु कोरोना भाइरस कै कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्नु अगाडी नै उनको गाउ पुरा सिल गरि सकिएको र परिवारको स्वाब समेत संकलन गरि सकिएको छ ।

मन्त्रालयको विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *