Butwal Sandesh

Best Nepali Online Newspaper

बिहानै थपिए १० जना कोरोना सं*क्रमित, सं*क्रमितको संख्या २९१ पुग्यो

Spread the love

काठमाडौं, ४ जेठ । कोरोना भाइरस कोभिड-१९ का थप १० जना सं,क्रमित भेटिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सं,क्रमितहरु रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा.- ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन्।

योसँगै स,ङ्क्रमितको सङ्ख्या २९१ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ र उनीहरू स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् । नेपालमा शनिबार पहिलोपटक कोभिड–१९ स,ङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *