Butwal Sandesh

Best Nepali Online Newspaper

लिग सुचारू हुने साताअघि २ खेलाडीलाई कोरोना

Spread the love

जर्मनीको दोस्रो डिभिजनको लिग खेल्ने डाइनामो ड्रेस्डेनका दुई खेलाडीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि पुरै टिम दुई साताको आइसोलेसनमा बसेको छ।दोस्रो डिभिजनको लिग बुन्डेसलिगा-२ सुचारू हुन लागेको एक साताअघि टिमका खेलाडीलाई कोरोना देखिएको हो।जर्मनीको शीर्ष डिभिजनको लिग बुन्डेसलिगा र दोस्रो डिभिजनको लिग बुन्डेसलिगा-२ आगामी शनिबारदेखि सुचारू हुँदैछ। यसअघि कोरोनाभाइरसका कारण लिग मध्य मार्चबाट स्थगित गरिएको थियो।

‘हामी अबको १४ दिन अभ्यास र कुनै प्रतिस्पर्धामा सहभागी हुँदेनौ,’ डाइनामोले भनेको छ।यसअघि गत बिहीबार जर्मन फुटबल एसोसिएसनले कडा स्वास्थ्य प्रोटोकल पालना गर्दै लिग संचालन गर्ने निर्णय गरेको थियो। रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ भने खेलअघि सबै खेलाडीको कोरोना परीक्षण गराउनु पर्नेछ।खेलका दौरान ३ सय मानिस रंगशालाका विभिन्न स्थानमा हुनेछन्। जसमा खेलाडी, स्टाफ, अफिसियल र टेक्निसयन रंगशाला पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *