कोरोना भाइरस सं,क्रमणमा भारतले चिनलाई उछिन्यो, दक्षिण एसियामा भारतको स्थिति भ,यावह हुदै

काठमाडौँ, २ जेठ । विश्वभर म,हामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड-१९ को सं,क्रमण चिन भन्दा छिमेकी राष्ट्र भारत बढी भएको छ । यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरसका सं,क्रमितको संख्या ८८३ हजार ७२ पुगेको छ । भने चिनमा अहिले सम्मको सं,क्रमितको संख्या ८२ हजार ९३३ रहेको छ ।

त्यसै गरि कोरोनाका कारण भारतमा हाल सम्म २ हजार ६६२ जनाको ज्यान गइसकेको छ । निको भएर घर फर्किनेको संख्या भने २८ हजार ७९२ जना रहेको छ । भारतमा बिहिबार ३ हजार ९४२ जना नया सं,क्रमित भेटिएका छन । त्यस्तै बुधबार ३ हजार ७६३ र मंगलबार ३ हजार ५६२४ भेटिएका थिए । त्यसै गरि बिहिबार ९८ र बुधबार १३६ जना संक्रमितको मृ त्यु भएको थियो ।

अमेरिकामा कोरोना संक्रमितको संख्या र मृतकको संख्या दुवै सबै भन्दा धेरै रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म ज्यान गुमाउनेको संख्या ८७ हजार ४३ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या १४ लाख ६१ हजार ४९६ जना पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ३ लाख १८ हजार ४० जना रहेको छ ।

अमेरिकामा यो साता भने मृ त्युदर घट्ने क्रममा छ । बिहिबार १ हजार ७१५ जनाको मृ त्यु भएको छ । त्यस्तै बुधबार र मंगलबार क्रमश १ हजार ७७२ र १ हजार ६३० जना को ज्यान गएको छ ।

त्यस्तै नया संक्रमितको संख्या पनि अमेरिकामा घट्दो छ । हिजो बिहिबार २७ हजार २४६ जना नया सं,क्रमित भेटिएका छन । त्यसै गरि बुधबार २१ हजार ७११ जना नया संक्रमित फेला परेका थिए । अमेरिकाको इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी २७ हजार ४२६ जनाको ज्या न गैसकेको छ । त्यहाँ संक्रमितको संख्या ३ लाख ५३ हजार ९६ पुगेको छ ।

त्यसै गरि सबै भन्दा बढी सं,क्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र रुस रहेका छन । जहा क्रमश २ लाख ७४ हजार ३६७ र २ लाख ६२ हजार ८४३ जनामा संक्रमण देखिएको छ । अमेरिका पछी सबै भन्दा धेरै ज्यान गुमाउने दोस्रो देश भने बेलायत रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म ३३ हजार ९९८ जनाले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने तेश्रो र चौथो देश इटाली र स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म क्रमश ३१ हजार ३६८ र २७ हजार ४५९ जनाको ज्या न गैसकेको छ ।

नेपालमा पनि हाल सम्म २६७ जनालाई कोभिड-१९ सं,क्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये ३६ जना भने निको भएर घर फर्किएका छन । बाकी २३१ जनाको उपचार भइरहेको छ । यस अघि नै कोरोना माहामारी रोकथामका लागि सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।

विश्वभर कोरोना भाइरस कोभिड-१९ बाट जम्मा संक्रमितको संख्या ४५ लाख ७० हजार ६२९ पुगेको छ । त्यसै गरि विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४ हजार ८५७ पुगेको छ । यस बीच निको भएर घर फर्किएकाहरु भने १७ लाख २६ हजार ५१३ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *