Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउनमा पनि बाहिर ताल्चा ठोकेर काठमाण्डौमा यौ’नधन्दा, पुलिस भित्र पसेपछि भयो भागाभाग (भिडियोसहित)

Spread the love

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १० मा प्रहरीले त्यहाँका केही होटल र तास खेलाउने अड्डामा छापा मारेको छ । केही कोठा र होटलमा अनैतिक काम पनि भइरहेको भन्ने सूचना पाएको प्रहरीले छापा मारेर केहीलाई बाहिर निकालेको छ ।

प्रहरी प्रभाव गुम्बाका प्हर,ि टोलीका स्थानियबासीन्दा मिलेर गरेको अनुगमनका क्रममा होटलका कोठामा भिडभाड देखिएको हो । प्रहरीले केहीवेर देखि ढोका खोल्न भनेर ढकढक गर्दा समेत उनीहरुले ढोका खोलेनन् । जव ढोका खुल्यो अनि कोठाभरी मानिस थिए । एउटा महिलाको कोठामा एक पुरुष पनि फेला परेपछि प्रहरीले ज’वरज’स्ती वाहिर निकालेको छ । एउटा कोठामा तास खेलेका मासिन फेला परेका थिए ।

प्रहरीले बाहिर निस्कन आग्रह गर्दा उनीहरु मानिरहेका थिएनन् । प्रहरी र स्थानिय जनप्रनिधि तारकेश्वर नगरपालिकामा पुग्दा सडकमा पनि लकडाउन उल्लंघन गर्दै मासिनहरुको चलह पहल देखिएको थियो । त्यस्तै प्रहरी र जनप्रतिनिधिहरुको टोलीले टोखाको पनि अनुगमन गरेको छ । लकडाउनको ५२ औँ दिनको दिनमा भित्रभित्रै लकडाउन उल्लंघन गरेर अनैतिक काम भइरहेको जानकारी पाएपछि अनुगमनमा गएको टोलीले यस्तो अवस्था फेला पारेको हो ।

हरेक स्थानका होटलमा बाहिर ताला लगाएर भित्र तुम्बा खाँदै बसेको फेला परेपछि प्रहरीले लाचारी ब्यक्त गरेको थियो । तारकेश्वर नगरपालिका १० का अधिकाँश होटलहरु बाहिरवाट ताला लगाएर भित्र खाँदै बसेको फेला परेको हो । स्थानिय बासीन्दाले ति होटलमा अनैतिक काम पनि हुने गरेको बताएका छन् । प्रहरीले पहिलो पटक भनेर चेतावनी दिएर छोडिदिएको छ भने आगामी दिनमा पनि फेरी यस्तै फेला परे कारवाही गर्ने बताएको छ ।

वडाध्यक्षले हात जोडेर भने, कृपया यसरी कोरोना फैलाउने काम नगनुृहोला । कोरोना फैलन नदिन सरकारले लामो समय देखि लकडाउनको घोषणा गरेको छ । तर भित्रभित्रै भइरहेको यस्तो जमघट र कृयाकलापले कोरोनाको जोखिम थप बढाएको छ । एक अर्काको कोठामा अनावश्यक जाने, बाहिर ताला लगाएर भित्र अनैतिक काम गर्ने जस्ता कृयाकलाप भएपछि प्रहरी र जनप्रतिनिधिले चासो देखाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *