Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौं उपत्यकामा बढी संक्रमित रहेकाे आशं*का, काठमाडौंमा भएका सबैकाे कोरोना परीक्षण गरिने !

Spread the love

काठमाडौँ – कोरोनाको जो*खिम बढेसँगै काठमाडौं उपत्यकामा सम्पूर्णको कोरोना परिक्षण गरिने भएको छ।

काठमाडौँ उपत्यका बाहिरबाट फर्कि आउनेको संख्या उच्च रहेको थाहा हुन आएसँगै काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको हो।

विभिन्न चरण गरेर काठमाडौं उपत्यकामा रहेका सम्पूर्णमा कोरोना परीक्षण गरिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ।

बिहिबार देखिनै कोरोना परिक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ। । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीमा कोरोना भाइरस संक्रमण परीक्षण गरिने स्वास्थ्य सेवा विभागको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *