आजबाट भक्तपुरका यी दुई सडक मात्र चल्ने, पसल पूर्णरुपमा बन्द
भक्तपुर – भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिक रुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीयबाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ, ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ ।”
त्यस्तैगरि, भारतमा कोरोना भाइरस (कोभिड–१९) को सं,क्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस सं,क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा बुधबार एक दिनमा १३४ को मृ त्यु भएको र यसपछि प्रकोपबाट मृ त्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस सं,क्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रो,गका ४९ हजार २१९ जना सं,क्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक सं,क्रमित भएका छन् । यहाँमात्र २५ हजार ९२२ नागरिक कोरोना भाइरस सं,क्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको सं,क्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ सं,क्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको सं,क्रमणको संख्या ८ हजार नाघेको छ ।
कोराना भाइरसको (कोभिड–१९) को सं,क्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको सं,क्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । (रासस÷एएनआई)