Butwal Sandesh

Best Nepali Online Newspaper

चितवन बन्यो कोरोना मुक्त जिल्ला

Spread the love

केदार शर्मा,चितवन, ३१ बैशाख । राप्तीकी महिला घर फर्केसँगै चितवन कोरोना मुक्त जिल्ला बनेको छ छ । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि राप्ती ८ कि कोरोना संक्रमित महिला आज घर फर्किएकी हुन् ।

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत् महिलालाई बुधबार डिस्चार्ज गरिएको हो । उनको छोरालाई भने यसअघि नै डिस्चार्ज गरिएको थियो ।ती महिलासँग उनका दुई छोरा बेलायतबाट आएका थिए । दुई छोरामध्ये एक छोराबाहेक अर्का छोरा र आमालाई आरडीटी पोजिटिभ देखिएपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ पाइएको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले लगातार रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको जानकारी दिनुभयो । उहाँले संक्रमित दुवैका अवस्था अहिले सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो ।

उहाँले सोही अनुरुप राप्ती नगरपालिकालाई बिरामीको जिम्मा लगाइएको बताउनुभयो । ती महिलालाई लिन राप्ती नगरपालिका मेयर प्रभा बराल आफै अस्पताल पुग्नु भएको थियो ।दुवै जना संक्रमित निको भएसँगै चितवन अब तत्कालका लागि कोरोना सं’क्रमणमुक्त बनेको छ ।

त्यसैगरि, नेपालमा आज थप २४ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुपन्देहीका १२ जना, कपिलवस्तुका ८ जना, पर्साका २ जना र नवरपरासीमा एक जनामा कोरोना सं’क्रमण भएको हो ।

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा यो पुष्टि भएको हो । २४ जनामध्ये २० जना पुरुष र ४ जना महिला रहेका छन् । यो सँगै कोरोना सं’क्रमितको संख्या २ सय ४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *