`विप्लव दाई आदेश देउ, सिमा रक्षाका लागि सहिद हुन तयार छौं’ – नेपाली युवा
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भूभागमा भारतले खुलेआम बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको टिप्पणी गरेको छ।
विप्लव नेकपाले नेपालको भूमि हड’प्ने भारतको वि’रोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघ’र्ष सुरु गर्ने चेता’वनी समते दिएको छ।
भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रष्ट भएको उल्लेख गर्दै विप्लव समूहले अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ।
नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको विप्लव समूहको ठहर छ। सरकारले तत्काल यो बिषयको समाधान गर्न नसक्ने हो भने हामी हाम्रो भुमी फिर्ता गर्न जुनसुकै यु’द्ध गर्न पनी तयार छौ विप्लवले भनेका छन ।
सरकारी संयन्त्रले नेपालको सिमा रक्षा गर्न नसकेको भन्दै युवाहरुले देश रक्षाका लागि ल’ड्न तयार रहेको बताएका छन । सामाजिक संजालमा जनस्तरबाट भारतसँग ल’ड्नका लागि तयार रहेको बताउँदै विप्लवको आदेशमात्र पर्खेर बसेको बताएका छन ।
सामाजिक संजालमा राष्ट्रभावले ओतप्रोत युवाहरुले आदेश दिए भारतसँग लड्न तयार रहेको उनीहरुको भनाई छ । उनीहरुले देशका लागि सहिद हुन पनि तयार रहेको बताएका छन । जनस्तरबाट विप्लवलाई जनताको साथ रहेको भन्दै युवाहरुले आदेश दिन ढिलाइ गर्न नहुने भन्दै दवाव दिएका छन।
पार्टीको कुनैपनि संयन्त्रमा नलागेका राजनीतिलाई घि’र्णा गर्ने युवाहरुले पनि विप्लवको आदेश पर्खेर बसेको बताएका छन । भारतले नेपालको भुमि मिचेर मानसरोबर जाने सडक बनाएको भन्दै आ’क्रोसित युवाहरुले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपालाई गुहारेका हुन ।
सामाजिक संंजालमा पूर्ण थापा नाम गरेका युवाले आफू पनि भारत विरु’द्ध हतियार बोक्न तयार रहेको बताएका छन । त्यस्तै, च’रित्र साउद नाम गरेको युवाले भनेका छन, ‘क विप्लव आदेश दिनुस् , कहाँ कतिवेला के गर्ने हामी गर्छौँ।’
यस्ता हजारौं युवाले अगाडी बढे जनताको साथ रहेको भन्दै आफ्ना सेनालाई सिमाना खटाउन आग्रह गरेका छन । कतिले देशका लागि आत्माघाति ह’मला गर्न पनि तयार रहेको बताएका छन ।