नेपाल सरकारको भारतसँग अहिलेसम्मकै क’डा कदम : भारतीय राजदूत मन्त्रालय झिकाएर सरकारले दियो ‘कूटनीतिक नोट’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग इतिहासमा नै सबैभन्दा कडा कदम चालेको छ । भर्खरै मात्र परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।
परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ । साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ
। भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ । भारतले भने उक्त भूमि भारतको नै भएको दावी गरेको छ ।
भारत वि’रुद्ध नारा लगाउदै अमेरिकामा सडकमा उत्रिए नेपाली
हालै मात्र भारतले नेपाली भूभाग लिपुलेकमा सडक निर्माण गरेपछी यसको बिरोध चौतर्फी भएको छ। त्यस्तै रोजगारका लागि अमेरिका पुगेका नेपालीहरूले अमेरिका स्थित भारतवि’रुद्ध प्रदर्शन गरेका छन् ।
नेपालको झण्डा बोकेर प्लेकार्डसहित प्रदर्शनमा गरिरहेका नेपालीले अमेरिका राष्ट्रपति भवन अगाडि भारत वि’रुद्ध ना’राबाजी गरेका छन् ।
लिपुलेक नेपाली हो, गो ब्याक इण्डिया लगायतका ना’राहरु लगाउदै प्रदर्शनमा उत्रिएका थिए ।अमेरिकामा कोरोना भाइरसको उच्च जो’खिमका बिच पनि उनिहरुले भारत वि’रुद्ध ना’राबाजी गरेका थिए ।