Butwal Sandesh

Best Nepali Online Newspaper

अरब महासागर दिन प्रतिदिन किन बन्दै गइरहेको छ हरियो ? अरब महासागरमा ख*तराको घण्टी

Spread the love

काठमाण्डौ । प्रकृति आफैँमा अनौठो छ। विभिन्न कारणले कयाँैपटक प्रकृतिमा जीवित प्राणीलाई अप्ठेरोमा पार्ने गरी बलदाव र परिर्वतनहरु देखिने गर्दछन्।

यतिबेला हिमालयका हिउँ पग्लिँदा अरब महासागरमा खतराको घन्टी बजिरहेको भन्ने धेरै घटनाहरु अगाडि आइरहेका छन्। यसको परिणामस्वरुप अरब महामागरका प्राणीहरुको आहार शृंखलामा प्रभाव पर्न सक्ने भन्दै चिन्ता प्रकट भइरहेको छ। त्यस्तै त्यहाँ रहेका जीवहरुलाई अक्सिजन र आहाराको कमी हुुने सम्भावना रहेको वैज्ञानिकहरुले बताएका छन्।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इन्टरनेसनल स्पे स्टेसनले खिचेको एउटा तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा अरब महासागरमा बढिरहेको हरियो रङको लेउको तस्बिर सार्वजनिक गरिएको छ। बढिरहेको यो लेउले सागरमा रहेका जीवित प्राणीहरुको आहार शृंखलामा असर पार्ने देखिएको छ।

यो लेउको नाम नक्टिलुका सिन्टिल्यान्स हो। यसलाई सी स्र्पाकल भन्ने गरिन्छ। यो अरब महासागरको किनारामा व्यापक रुपमा देखिएको छ।

यो भारत, पाकिस्तान, ओमान, इरानलगायतका देशहरुमा अरब महासागरसँग जोडिएका देशहरुका तटीय इलाकाहरुमा फैलिरहेको छ। बीस वर्षअघि यो लेउका बारेमा कसैलाई पनि थाहा थिएन। तर अहिले यो नक्टिलुुका सिन्टिल्यान्सले अरब महासागरको प्ल्यांकटोन्स्हरुलाई क्षति पुुर्याइरहेको छ।

प्ल्यांकटोन्स्हरु नष्ट भए भने समुुद्रमा अक्सिजनको कमी हुुनेछ। नक्टिलुुका सिन्टिलेल्यानसको एउटा विशेष कुुरा के भने यो रातको समयमा चम्कने गर्दछ। यसका लागि यसले समुुद्रबाट अझ धेरै अक्सिजन र खाना लिने गर्दछ। जसका कारण समुुन्द्धका जीवहरुलाई खतरा उत्पन्न हुुने गर्दछ। यसका कारण माछाहरु मर्नेछन्।

यसबारेमा साइन्स म्यागेजिन नेचरमा एउटा रिपोर्ट प्रकाशित भएको छ। नक्टिलुुका सिन्टिलेल्यानसको बढ्दो मात्राले अरब महासागरको किनारामा बसोबास गर्ने करिब १५ करोड मानिसको जीवनयापन कठिन हुुने बताइएको छ। यो जनसंख्या समुुद्री माछा र जीवको व्यापार गर्ने गर्दछ।

जाडो मौसममा जब हिमालयबाट चिसो हावा पुग्ने गर्दछ तब अरब सागरको पानी चिसो हुुने गर्दछ। जसका कारण समुुद्रको तल्लो भागमा रहेको तातो र पोषक तत्वले भरिएको पानी माथि आउने गर्दछ। यो बेलामा फाइटोप्ल्यांटन तीव्र गतिमा बन्ने गर्दछ। जसलाई माछा र अन्य जीवले आफ्नो आहार बनाउने गर्दछन्।

त्यस्तै मनसुुनमा हिमालयबाट हिउँ पग्लेर बग्ने पानीका कारण तातो र उष्ण हावा वहने गर्दछ। यसले अरब महासागरको पानीको माथिल्लो सतहलाई नोक्सान पुुर्याउँछ। यसको कारण फाइटोप्ल्यांटन विकास हुुन पाउँदैन। यसका साथै पानीको पोषक तत्व पनि नष्ट हुुने गर्दछ।

यतिबेला नै लेउले विकास हुुने मौका पाउँदछ। नक्टिलुुका सिन्टिलेल्यान्स यही समयको पर्खाइमा बसेको हुुन्छ। किनकि यसलाई सूर्यको प्रकाश र पानीको पोषक तत्वको आवश्यकता पर्ने गर्दैन। यसले कुुनै पनि सूक्ष्म जीवलाई खान सक्छ। यसले फाइटोप्ल्यांटनलाई खान सुुरु गर्दछ।

नक्टिलुुका सिन्टिलेल्यानस समुुद्रको माथिल्लो सतहमा तैरन थाल्दछन्। अनि सागरको माथिल्लो सतहलाई पूर्ण रुपमा ढाक्दछन्। यसले फोटोसेन्थेसिस प्रक्रियालाई यति तीव्रगतिमा बढाउँदछ कि समुुद्री जीवहरुलाई यो प्रक्रिया गर्नका लागि पर्याप्त प्रकाश र ऊर्जा बाँकी रहने गर्दैन।

समुुद्रमा दुुई तरिकाबाट ऊर्जा हासिल गर्ने भएकाले नक्टिलुुका सिन्टिलेल्यानसको संख्यामा तीव्र वृद्धि भइरहेको छ। भारत, पाकिस्तान, यमन, सोमालियाका तटहरुको रङ नीलोबाट हरियोमा परिणत भइरहेका छन्। यसलाई रोक्नका लागि कयौँ देशहरुले डिसालिलेसन प्लान्टहरु जडान गरिरहेका छन्। – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *