Butwal Sandesh

Best Nepali Online Newspaper

लिपुलेकबारे परराष्ट्रले निकाल्यो बिज्ञप्ती – नेपाली भुमिमाथि कुनै गतिविधि नगर्न भारतलाइ आग्रह

Spread the love

काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै नेपाली भुमिमाथि कुनै गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक बिज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । नेपाली भुमि लिपुलेकमा भारतीय सडक उद्घाटनको समाचार आएकोमा खेद व्यक्त गर्दै भनिएको छ, –‘‘नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नेपाल सरकारले केही पहिले र हालै सन् २०१९ नोभेम्बर २० मा पनि भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्वोधन गर्दै आएको छ ।’

हेर्नुहोस् परराष्ट्रको बिज्ञप्ति –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *