Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउनको प्र’भाव : पो*र्न साइट हेर्नेहरुको संख्यामा ह्वात्तै बृद्धि

Spread the love

काठमाडौं । कोरोना म’हामारीको कारण भएको लकडाउनमा पो’र्न साइट हेर्नेहरुको संख्या जबरजस्त बढेको छ । हालै भएको एक सर्वेक्षणमा लकडाउनका बेला भारतमा पो’र्न साईट हेर्ने मानिसहरुको संख्यामा ९५ प्रतिशतसम्म बढि आएको भेटिएको हो । सर्वेक्षणअनुसार ८९ प्रतिशत मानिस मोबाइलको प्रयोग गरि पो’र्न साईट हेर्ने गरेका छन् । ३० देखि ४० प्रतिशत मानिसले पो’र्न भिडियो डाउनलोड गर्ने गरेको सर्वेक्षण रिपोर्ट छ ।

भारतमा पो’र्न साईट हेर्न प्रतिबन्ध छ । ३५ सयभन्दा बढि पो’र्न साईट खोल्न प्रतिबन्ध गरिएको छ । तथापि अधिकांश मानिसले भिपिएनको साहारा लिई पो’र्न साईट हेर्ने गरेका छन् । लकडाउनको कारण अधिकांश कार्यालय र स्कुल कलेज बन्द छन् । मानिसहरु घरमै मात्रै सीमित भएका छन् । समय बिताउनको लागि उनिहरुले पो’र्न साईटहरु हेर्ने गरेका हुन् ।

स्कुले विद्यार्थीहरुले हेर्नु चि’न्ताको कुरा

पो’र्न साईटहरु सबैभन्दा बढि नाबालक तथा स्कुले विद्यार्थीले हेरेको भेटिएको छ । जसलाई निकै गम्भिर मानिएको छ । विद्यार्थीहरु पढाई बन्द हुँदा गलत कुरामा सक्रिय बन्दै गएका हुन् । रिपोर्टमा यस्तो गतिविधिले मनोवैज्ञानिक रुपमा पनि प्रभाव पार्ने बताइएको छ । केहि समय अघि गरिएको सर्वेक्षणमा भारतमा ७० प्रतिशत स्कुले विद्यार्थीहरु इन्टरनेटको पहुँचमा रहेको विषय भेटिएको थियो । अहिले ती विद्यार्थीमध्ये अधिकांशले अश्लिल भिडियो हेर्ने गरेको भेटिएको छ ।

अश्लिल कुरा हेरिनेमा भारत तेस्रो स्थानमा

सस्तो डाटा इन्टरनेटको कारण भारतमा इन्टरनेट प्रयोगकर्ता धेरै छन् । युवा पिँढी सस्तो इन्टरनेट पाएकै कारण पो’र्न साइटहरु प्रति आर्कषित छन् । जसबाट ग’म्भिर आपरा’धिक घट’नासमेत घ’ट्न सक्ने सम्भावना रहन्छ । अ’श्लील सामाग्री बढि हेरिने मुलुकमा भारत तेस्रो स्थानमा पर्दछ । अमेरिका र ब्रिटेनमा सबैभन्दा बढि पो’र्न साइट हेरिने गर्दछ । भारतीय सञ्चारमाध्यमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *