Butwal Sandesh

Best Nepali Online Newspaper

जङ्गलमा ब*म हराएको भन्दै सर्वसाधरणलाई बनभित्र नजान सेनाको आग्रह

Spread the love

बागलुङमा रहेको अर्जुनवाण गण घोडाबाँधे व्यारेकले व्यारेक वरपरको सामुदायीक वन क्षेत्रमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशिक्षार्थीको अभ्यासका क्रममा बम हराएको भन्दै अर्जुनवाण गण घोडाबाँधे व्यारेकले व्यारेक वरपरको सामुदायीक वन क्षेत्रमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको व्यारेकमा गत चैत १८ गते प्रशिक्षार्थीहरुलाई मोर्टर फाईरिङको अभ्यास गराउँदा २ इन्चको एच.ई ब,म मिस फायर भएर सामुदायीक वनमा हराएको भन्दै नभेटिने बेलासम्म उक्त क्षेत्रमा प्रबेश नगर्न गणले आग्रह गरेको छ ।
काठेखोला गाउँपालिका तथा वडा कार्यालयको नममा पत्राचार गर्दै गणले हराएको ब,म खोज्ने काम भैरहेको भएपनि अहिलेसम्म नभेटिएकाले सावधानी अपनाउन अनुरोध समेत गरेको छ । अभ्यासका क्रममा मिस फायर भएर जंगलमा पुगेको ब,म नपड्किएकोले जो,खिम हुन सक्ने भन्दै गणले सचेत गराएको हो ।

गणका सेनानी दिप श्रेष्ठले गाउँपालिका तथा वडा कार्यालयलाई पत्राचार गर्दै उक्त ब,मको दैनिक खोजी भैरहेको र नभेटिएसम्म वनक्षेत्रमा कसैलाई प्रबेश नगर्न नगराउन आग्रह गर्नु भएको छ । काठेखोला र गल्कोट नगरपालिकाको सिमानामा पर्ने घोडाबाँधे व्यारेक आसपास ठुलो वनक्षेत्र रहेको वडा कार्यालयले जनाएको छ । बिहुँका स्थानीयले घाँसदाउरा गर्ने वनमा ब,म हराएको हो ।

गणको पत्र प्राप्त भएपछि गाउँपालिकाले सर्वसाधारणलाई साबधानी अपनाउन आग्रह गरेको छ । सामाजिक सञ्चाल र मौखिक सूचना प्रवाह गर्दै उक्त ठाउँमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताउनुभयो ।

उता, गणले भने ब,म हराएको बिषय खासै ठुलो नभएको तर सावधानीका लागि सर्वसाधारणमा सूचना पु¥याउने प्रयास गरेको बताएको छ । गणपति मिलनध्वज मल्लले व्यारेक परिसरमै ब,म हराएकाले सर्वसाधारणको लागि त्रासको बिषय भने नभएको बताउनुभयो । आसपासका क्षेत्रमा सावधानीका लागि मात्रै आँफुहरुले जानकारी गराएको उहाँको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *