मलेसियाको एउटै कम्पनीमा कार्यरत २५ नेपाली कामदारमा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना सं,क्रमितको संख्या १०९ पुग्यो ।

क्वालालम्पुर । बैशाख २७, मलेसियामा एक कम्पनीमा कार्यरत थप २५ जना नेपाली श्रमिकमा कोरोना भाइरस पुष्टि भएको छ। मलेसियाको स्वास्थ मन्त्रालयका अनुसार मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने राम्बाउ भन्ने ठाउँमा अवस्थित एक कम्पनीमा कार्यरत बिदेशी कामदारहरु मध्यको थप २५ जना नेपाली कामदारमा कोरोना भाइरसको सं,क्रमण देखिएको छ । यो संगै मलेसियामा कोरोनाले सं,क्रमित नेपालीको संख्या जम्मा ४५ जना पुगेको छ्न जसमध्ये ३ जनाले उपचार सकिएर निको भैईसकेको जनाइएको छ ।

मलेसियामा हालसम्म करिब ४ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ। मलेसिया सरकारले लागू गरेको लकडाउन (Momment contol order) मेइ १२ तारिख सम्म लम्बिएको छ। हिजो बिहिवार मात्रै ९ जना नेपाली सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टि भएको थियो । मलेसियामा हालसम्म कोरोना संक्रममितको संख्या ६ हजार ५ सय पैतिस छ भने १०७ जनाको मृ त्युु भै सकेको छ। कोरोना संक्रमण बाट ४ हजार ८ सय ४८ जना पुर्ण रुपमा निको भएर घर फर्किसकेका छ्न।

त्यस्तैगरि कोरोना भाइरस कोभिड-१९ को थप ७ जना सं,क्रमित फेला परेका छन । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ सं,क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सं,क्रमण पुष्टि भएको हो । सं,क्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना सं,क्रमितको संख्या १०९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *