दक्षिण कोरियामा पुनः देखिन थालियो कोरोना सङ्क्रमित, क्लव र बार एक महिनाका लागि बन्द

एजेन्सी, २६ वैशाख । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण पुन: देखिन थालेपछि क्लव र बारहरू फेरि आगामी एक महिनासम्मका लागि बन्द गर्ने घोषणा गरिएको छ ।

दक्षिण कोरियाको सरकारले शुक्रबार आगामी एक महिनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा गरेको हो ।

कोरोना भाइरसको स,ङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः स,ङ्क्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको हो ।

स्थानीय समय अनुसार बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप क,डाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना स,ङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लवहरुमा गएर फर्केपछि स,ङ्क्रमण भएको पाइएको छ ।

कोरियाको रो,ग नियन्त्रण तथा न्यूनिकरण केन्द्रले शुक्रबार १४ जना नयाँ स,ङ्क्रमित भेटिएको जानकारी दिएको छ ।

स,ङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *