Butwal Sandesh

Best Nepali Online Newspaper

हलिउड (अमेरिकन) चलचित्रमा अभिनय गर्दै सुन्दरी नेपाली नायिका द्वय स्वस्तिमा र केकी अधिकारी

Spread the love

काठमाडौ – चलचित्र होस्टेल रिटर्न्स बाट डेब्यु गरेकी चर्चित नायिका स्वस्तिमा खड्का एक नेपाली चलचित्रकी सफल नायिका हुन् । उनले पहिलो चलचित्र होस्टेल रिटर्न्स बाट डेब्य गरेकी थिइन् । सन् २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी स्वस्तिमाले अब भने भुटानी शरणार्थीको कथामा बन्ने अङ्ग्रेजी भाषाको चलचित्रमा अभिनय गर्ने भएकी छिन् ।उनले आफु अङ्ग्रेजी भाषामा चलचित्रमा अभिनय गर्ने बारे सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी उनले भुटानी युवतीको भूमिकामा अभिनय गर्ने र मेकर पनि सकारात्मक देखिएको बताएकी छिन् । चलचित्र बुलबुल बाट राष्ट्रिय अवार्ड हात पारेकी नायिका स्वस्तिमा खड्कासंगै चलचित्रमा अभिनेत्री केकी अधिकारी पनि अभिनय गर्ने बताइएको छ । उनले अभिनेता निश्चल बस्नेतसंग छोटो समयको प्रेम सम्बन्धलगत्तै विवाह गरेकी थिइन् ।

निश्चलको संघर्ष: साथीको ऋण तिर्न ट्वाइलेट सफा गरें, आफुजत्रै ठूला भाँडाभित्रै पसेर माझें

काठमाडौं । मानिसका सपना समयसंगै परिवर्तन हुन्छन् । कति पुरा हुन्छन् तर कति सपना सपनामै सिमित हुन्छन् । लोभलाग्दो ख्याती कमाउन सफल उनी कलाकारको सबै क्षेत्रमा उत्तिकै अब्बल छन् ।

किशोर अवस्थामा पढाइभन्दा फुटवलमा बढी लगाव थियो । त्यसैले उनको परिवारको सपना डाक्टर र इन्जिनियर बनोस् भन्ने चाहना पुरा हुने संकेत थिएन । दिनभरी फूटवलसंग कुदिरहने उनी राष्ट्रिय खेलाडी बन्ने सपना लिएर काठमाडौं आए । तर उनको त्यो स्टाइकर बन्ने सपना बिचैमा छोडेर उनी संगित साधनामा लागे । बाथरुम सिंगरका रुपमा रहेका निश्चल गितार सिक्न हिँडे । उनी गितार बोकेर दर्शक भए नभएपनि स्टेजमा गाउँथे ।

किशोर अवस्थामा बनाएको म्युजिक भिडियो अहिले कहाँ छ उनलाई थाहा छैन । गीत रेकर्ड गर्ने पैसा जुटाउन उनलाई निकै हम्मेहम्मे पर्थे । आमाबुवालाई घुर्की लगाउँथे । तिनचार दिन घरवाट गायब भएपछि अनि घरवाट पैसा जुट्थ्यो । आफुले चालेका केही काम असफल भएपछि उनी निकै निरास भए । अष्ट्रेलिया पुगेर पनि उनको सपना पुरा हुन सकेन । उनले पढ्ने कलेज सरकारले बन्द गरिदिएपछि त्यहाँ पनि उनले सं घ र्ष गर्नुपर्ने भयो ।

अष्ट्रेलियामा बसेर निरासामा हुँदा सिडिमा हेरेका नेपाली फिल्मको क्वालिटि हेरेपछि उनले यो भन्दा राम्रो फिल्म म आफै बनाउँछु भनेर मनमा अठोट गरे । अष्ट्रेलियामा ६ महिना बस्दा लागेको ऋण तिर्न ट्वाइलेट सफा गरे, आफु भन्दा ठूला भाँडा भित्रै पसेर सफा गरे अन्य त्यस्तै काम गरे । अनि सबैको ऋण तिरेर नेपाल फर्किए । अहिले उनी सफल कलाकार छन् ।

चलचित्र ‘लुट’ को निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ मोडदिन सफल निर्देशक हुन्– निश्चल बस्नेत । निश्चल टलक जंग भर्सेस टुल्के, लुट–२ आदि चलचित्र निर्देशन गरेर सफल निर्देशकका रूपमा स्थापित भैसकेका छन् । पछिल्लो समय निश्चलले आफूलाई निर्देशकका रूपमा मात्र सीमित राखेका छैनन्, उनले आफूलाई गायन, नृत्य तथा अभिनयमा समेत निखार्दै गएका छन् । काले दाइदेखि कुटुमा कुटुसम्मका गीतका आकर्षक नृत्य गर्ने निश्चलले चलचित्र कबड्डी–कबड्डीमा उत्कृष्ट अभिनय समेत गरे ।

निश्चल बस्नेत मनोरञ्जनका सबै विधामा अब्बल छन् । निश्चलले निर्देशकका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् भने अभिनय, नृत्य तथा गायनमा समेत उनले राम्रो सम्भावना देखाएका छन् । समग्रमा उनी भर्सटायल कलाकार हुन् । त्यस समयको नेपाली चलचित्र नगरीमा सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो उनीद्वारा निर्देशित चलचित्र लूटले । लूटले दर्शकको मन जिते सँगै उनले सफल निर्देशकको ट्याग पाए । त्यसपछि उनले चलचित्र टलकजंग भर्सेस टुल्के निर्देशन गरे ।

चलचित्र अपेक्षा गरेअनुरुप सफल नभए पनि उनको कामले भने चौतर्फी प्रशंसा बटुलेको थियो । उनले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘लूट २’ । ‘लूट २’ लाई पनि दर्शकले मन पराएका थिए । उनले निर्माण गरेका चलचित्र अन्तर्गत भने कबड्डी, कबड्डी कबड्डी, २ रुपैयाँ हुन् । उनले अन्य केही चलचित्रहरुमा अभिनय त गरेका छन् नै विभिन्न चलचित्रका आइटम गीतहरु गाउनुको साथै नृत्यसमेत गरेका छन् ।

यतिबेला उनी निर्देशनमा भन्दा पनि अभिनयमा जोड दिइरहेका छन् । यस्को मतलब उनले निर्देशनलाई बिर्सिएका भने हैनन् । ‘मलाई चलचित्र टलक जंग भर्सेस टुल्के र लूट २ ले केही पाठ सिकाएको छ । म चलचित्र निर्देशन गर्छु तर अझै केही समय लाग्छ’, निश्चलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *