पूर्व युवराज पारस भन्छन: `नो थिङ्ग रङ विथ मि´ – `म हर्टअ’ट्याक भएपनि उठ्ने मान्छे हो´

काठमाडौं– पूर्व युवराज पारस शाहले आफ्नो स्वास्थयमा केही समस्या नभएको बताएका छन् । आफूलाई हृ,दयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उनले आश्चर्य प्रकट गरे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अ,ट्याक हुने मानिस नभएको र यस्तो भ्र,म नछर्न आग्रह गरे । ‘हर्ट अ,ट्याक हुने मान्छे हो म ?’ उनले भने, ‘हार्ट अ,ट्याक भएपनि उठ्ने मान्छे हो ।’

आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे । लकडाउनका समयमा शाह केही साथीहरुसँग पोखरामा मस्ती गरिरहेका छन् ।

‘हो चार दिनदेखि ननस्टप पार्टी गरिरहेको छु’, उनले भने, ‘अझै हप्तादिन महिना दिन गर्छु ।’ एटिएमबाट पैसा चोरि भएको समाचार आएको भन्दै उनले आलोचना गरे । देशमा तीस बर्षदेखि आफूहरु विरुद्ध मानिसहरु लागेको उनको भनाइ थियो ।

‘नो थिङ रङ विथ मि,’ उनले भने, ‘देश यस्तै छ। ३० वर्ष भयो नेपाल अहिले पनि त्यस्तै छ ।’ भिडियो लाइभका क्ररममा पारससँग एक पुरुष र महिलाको स्वर सुनिन्छ ।

उनीहरुले लाइभका क्रममा आएका कमेन्टहरुबारे शाहलाई जानकारी गराउने र उनले भनेका कुरामा समर्थन गरिरहेका छन् ।

उनी चार दिन यता पोखरामा पार्टी गर्दै मस्ती गरिहेका छन् । जसको भिडियो फेसबुकमार्फत शाहले लाइभ गर्दै आएका छन् । चुरोटको धुवाँ उडाउँदै गीतको तालमा झुमिरहेका हुन्छन् । साथीहरुसँग उनी मस्त देख्न सकिन्छन् ।

लकडाउनका समयमा मानिसहरु बाहिर हिँडिरहेको भन्दै उनले भिडियो पोस्ट गर्छन् । नो कोरोना भन्दै नाचगानमा उनी व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *