Butwal Sandesh

Best Nepali Online Newspaper

मलेसियामा नेपालीको धमाधम मृ त्यु, श*व नेपाल ल्याउन समस्या

Spread the love

सप्तरी । रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।

परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा खाना खाने क्रममा अचानक उनी बेहोस भई ढलेका थिए ।

सो क्रममा उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बीच बाटोमै मृ त्यु भएको जनाइएको छ । तीन वर्षदेखि मलेशियामा उनी कार्यरत थिए ।

चार दिनअगाडि मात्रै मलेसियामै सप्तरीको बलान बिहुल गाउँपालिका–२ मलहनियाँ निवासी इन्दल यादवले आ*त्मह*त्या गरेका थिए । यादव तीन महिनाअघि मात्र वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।

यस्तै डेढ महिनाअघि सप्तरीको राजविराज–१० बिरौल निवासी २५ वर्षीय विष्णुदेव मण्डलको पनि मलेशियामै मृ त्यु भएको छ । गत चैत २ गते राति एक्कासि उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा मृ त्यु भएको थियो ।

यता तीनै जनाको श व नेपाल ल्याउनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *