Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालमा एकै दिनमा थपिए १० जना कोरोना स,ङ्क्रमित

Spread the love

नेपालमा एकै दिन थप १० व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १० जनामा कोभिड–१९ का सङ्क्र,मित पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सामा एक र बाँकेको नेपालगञ्जमा नौजनामा कोभिड सङ्क्र,मण देखिएको बताउनुभयो । नेपालगञ्जमा भेटिएका कोभिड सङ्क्र,मितमध्ये पाँच पुरुष र चार महिला रहेका छन् । उनीहरुमध्ये सात वर्षदेखि ५८ वर्ष उमेरका छन् ।

पर्साका ३६ वर्षीय पुरुषमा कोभिड स,ङ्क्रमण देखिएको छ । उनलाई रुपन्देही अस्पतालमा उपचारका लागि लगिएको छ भने बाँकी नौ जनालाई नेपालगञ्जस्थित कोरोना अस्पतालमा ल्याउने क्रममा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यो सँगै नेपालमा कोभिड–१९ सङ्क्र,मितको सङ्ख्या ६९ पुगेको छ । सङ्क्रितमध्ये हालसम्म १६ जना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । बाँकी सङ्क्र,मितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *