Butwal Sandesh

Best Nepali Online Newspaper

प्रेमीलाई संझिदै जब ज्याकी श्राफकी छोरी कृष्णाले शेयर गरिन बिकिनी अबतारका तस्विर

Spread the love

मुम्बइ – बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा फेरि सामाजिक सञ्जालमा छाएकी छन् ।

कृष्णा केही समययता आफ्ना प्रेमी एबान ह्याम्सको साथ मुम्बइमा बस्दैआएकी थिइन् । पछिल्लो समय ह्याम्स सिड्नीस्थित आफ्नो घर गएपछि कृष्णा एक्लै भएकी छन् । लकडाउनसँगै कृष्णाले पनि प्रेमीलाई खुबै याद गरेको उनका पछिल्ला इन्स्टाग्राम पोस्टले पुष्टि गर्छन् । ती तस्बिर र भिडिओलाई लिएर उनले प्रेमीलाई धेरै ‘मिस’ गरेको हुनसक्ने धेरैको टिप्पणी छ ।

कृष्णाले प्रेमीको साथ मुम्बइमा बिताएका क्षणका तस्बिर इन्स्टाग्राममा धमाधम पोस्ट गर्न थालेकी हुन् । उनले केही ‘इन्टिमेट सिन’ का तस्बिर र भिडिओ पनि सार्वजनिक गरेकी छन् । जहाँ उनीहरु आपसमा किस गरिरहेका देखिन्छन् ।अन्नपुर्ण पोष्टमा खबर छ ।

यसवाहेक स्विमिंग पुलछेउमा बिकिनीसहित गरेका फोटोसुट पनि उनले सार्वजनिक गरेकी छन् । अभिनेता टाइगर श्रफकी बहिनी कृष्णाले २०१८ नोभेम्बरमा एमएमए ट्रेनिंग सेन्टर खोलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *