Butwal Sandesh

Best Nepali Online Newspaper

नेकपा सचिवालय बैठक बसिरहेको बेला विवाद समाधान गर्न नेकपा संसद नविना लामाको पाँच सुझाव चर्चामा

Spread the love

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सरकार परिवर्तनको चर्चाले व्यापकता पाएको छ । बुधबार बसेको सविचलाय बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा दिनुपरे बावदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि मुलुकको राजनीतिक झन तरंगित बनेको छ । यहिँ विवादलाई समाधान गर्न नेकपा सचिवालय बैठक अहिले बसिरहेको छ ।

यसैबीच नेकपा सांसद नविना लामाले पार्टीभित्रको विवाद समाधान गर्न भन्दै पाँच बुँदे सुझाव नेतृत्वलाई दिएकी छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सांसद लामाले नेतृत्वलाई पाँच बुँदे सुझाव दिएकी हुन् ।

उनले देश र जनताले आशा र भरोसा गरेका नेताले अहिलेको सरकार परिवर्तन गर्दा सबै जना दुर्घटनामा पर्ने भन्दै आफूलाई भन्दा देश, जनता र सिंगो पार्टीलाई ठूलो मानेर एक पटक स्मरण गर्न आग्रह गरेकी छन् ।

नेतृत्वलाई पाँच बुँदे सुझाव दिँदै सांसद लामाले लेखेकी छन्, ‘पार्टीको मागलाई समर्थन गर्दै अध्यादेश फिर्ता लिनुले प्रधानमन्त्रीबाट अध्यादेश ल्याउँदा भएको गल्ती सच्याएको छ । त्यसैलाई निरन्तरता दिएर प्रधानमन्त्रीको राजीनामा माग्नु पार्टीलाई अस्थिरता बनाउनु, सरकारलाई असफल बनाउने तथा देश र जनतामाथि घात गर्ने कार्य हुनुहुँदैन ।’

उनले सच्चिएको गल्तीलाई आधार बनाएर महाधिवेशनबाट चुनाव जितेर अध्यक्ष बन्छु भन्ने भावना लिएर पार्टी सृदृढिकरणमा लाग्नु असल नेताको पहिचान भएको उल्लेख गर्दै पार्टी विधानमा महाधिवेशन हुने अवधि तोकिएको र त्यसको छिनोफानो कार्यकर्ताले गर्ने जनाएकी छन् ।

उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *