Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरसको प्र,भावले विश्वलाई अझै २ बर्ष पछ्याउने अमेरिकाको सीआईडीआरएपी रिपोर्टको दावी

Spread the love

एजेन्सी, २० बैशाख । कोरोना भाइरस कोभिड १९ ले अहिले समग्र विश्वलाई नै आ*क्रान्त बनाएको छ । अझैसम्म भरपर्दो औषधि पत्ता लगाउन नसक्दा यसको भ*यावह अझ अगाडि कुन रुपमा हुने हो भन्ने त्रा*सले आम विश्ववासीलाई सताएको छ ।

यही अन्यौल र त्रा*सबीच गत बिहीबार अमेरिकाको सेन्टर फर इन्फेक्सिज डिजिज रिसर्च एण्ड पोलिसी सीआईडीआरएपीले निकालेको एक रिपोर्टतर्फ सबैको ध्यान तानिएको छ ।

रिपोर्ट अनुसार कोरोना भाइरसको प्रभावले अझै दुई वर्ष विश्वका मानिसहरुलाई पछ्याउने अवस्था छर्लङ्ग पारिएको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार सीआईडीआरएपीले यो रिपोर्ट तीन सम्भावनामाथि आधारित रहेर निकालेको हो ।

विश्वमा नै म*हामारी कायम गरेको कोरोना भाइरस नियन्त्रणका लागि सार्वजनिक गरेको रिपोर्ट अनुसार मानिसहरुको व्यवहार, यसमाथि नियन्त्रण पाउनका लागि गरिएको प्रयास र बिभिन्न देशको अवस्थामाथि अध्ययन गरिएको छ ।

कोरोना भाइरसले अहिले कायम गरेको प्रभावमा आउने उत्तारचढावले यस्को नियन्त्रणका लागि सन् २०२१ सम्म कुर्नु पर्ने रिपोर्टको पहिलो आधारमा उल्लेख गरिएको छ ।

यस्तै दोस्रो र तेस्रो आधारमा बिभिन्न देशहरुको भौगोलिक परिस्थितिले पनि यस्को नियन्त्रणमा भूमिका खेल्ने छ भने भाइरस नियन्त्रणका लागि चालिएको कदममा पनि यो निर्भर रहने छ ।

तर बिभिन्न प्रयासका बाबजुद पनि यस्को हालत दिनानुदिन विग्रदै गयो भने यस्को सं*क्रमण सन् २०२१ सम्म पूर्णरुपमा रहने छ । यस्तो अवस्था सन् १९१८ र १९१९ मा देखिएको स्पेनिश फ्लूको म*हामारीमा देखिएको पनि सीआईडीआरएपीको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार औषधिको उपाय नभेटिएको अवस्थामा सबभन्दा राम्रो सम्भावनाकोरुपमा सं*क्रमणले लिने ‘स्लो बर्न’ माथि विश्वास गरिएको छ । विस्तारै यस्ले केही समयपछि सानातिना उछालहरुबीच आफ्नो प्रभाव कम गर्दै लाने आशा गरिएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *