अन्तत: देखा परे उत्तर कोरियाली नेता किम जोङ उन, मृ त्युको खबर झु,ट (तस्विरसहित)
काठमाडौँ २० बैशाख । बाहिरी दुनियाको संचार माध्यमको पहुच नरहेको उत्तर कोरिया बारे विगत केहि दिन देखि एउटा समाचार ब्रेकिङ जस्तै आइरहेको थियो । उत्तर कोरियाली नेता किम जोङ उन गत ११ अप्रिल देखि सार्बजनिक कार्यक्रममा नदेखिए पछी विशेष गरि पश्चिमी मिडियाले उनको मृ त्यु हुन सक्ने भन्दै समाचार ब्रेक गरेका थिए ।
तर ति सब समाचारलाई झु,ट साबित गर्दै नेता किम २० दिन पछि देखा परेका छन । उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उनि एक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रबार किम सहभागी भएको केसीएनएले जनाएको छ।
गत अप्रिल ११ तारिखबाट हराएका किम अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिनमा समेत सहभागी नभएपछी अन्तराष्ट्रिय मिडियाहरुले उनको स्वास्थ्य अत्यन्तै ज,टिल वा मृ त्यु समेत भएको हुन सक्ने बताउदै आएको थियो ।
उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सीले किमको स्वास्थ्यको बारेमा केहि नबताए पनि सार्बजनिक तस्विरमा सदा झैँ उनि स्वस्थ देखिन्छ । सार्बजनिक केहि तस्विरहरु हेर्नुहोस :