माधव नेपालद्धारा तेश्रो अध्यक्ष बन्न अस्वीकार, प्रधानमन्त्री केपी ओलीले राजिनामा दिनु पर्ने अडान
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीसँग विहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा वरिष्ठ नेता नेपालले तेश्रो अध्यक्ष नबन्ने प्रष्ट पारेका हुन् ।विहिबार साँझ प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच वालुवाटारमा भेट भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले तेश्रो अध्यक्ष बन्नका लागि प्रस्ताव दोहोर्याएका थिए ।
तर, नेता नेपालले अस्वीकार गरेको नेता नेपाल निकट एक नेताले बताए । ती नेताले भने, ‘प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गर्नु भएको छ ।’अहिलेको समस्या पदको लागि नभएर पद्धति र प्रणालीको भएको भन्दै वरिष्ठ नेता नेपालले आफूलार्ई तेश्रो अध्यक्ष दिएर समाधान नहुने ओलीलाई प्रष्ट पारेका छन् । वरिष्ठ नेता नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिनु नै उपयुक्त हुने सुझाव दिएका छन् । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको म*हामारीपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।
अध्यादेश प्रकरणपछि नेकपामा वि*वाद उत्कर्षमा पुगेको छ । ११ वैशाख २०७६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका ६ सदस्यको भेलाले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता नगरे प्रधानमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय गरेका थिए । प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएपनि वि*वाद मिलेको छैन ।उपाध्यक्ष गौतमको भैंसेपाटी स्थित निवासमा भएको भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम
१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।
२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।
३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।
४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।
५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।
६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।
७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।
८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।
९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।
१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।
११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।
१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।
१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।
१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।
१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।