लकडाउनको बेला नेपाली द्वय नायिका पुजा र शुष्माको बे,कामे रो*इलो

विश्व यतिखेर (कोभिड–१९) कोरना भाइरसका कारण आ*क्रान्त बनेको छ । कोरना भाइरसको जो*खिम दिन दिनै बढिरहेको छ । यतिखेर सेलेब्रेटीहरु तथा चर्चित व्यक्तिहरु विभिन्न अभियान तथा योजनामा लागिरहेका छन् । नेपालमा मात्र हैन बलिउड र हलिउडमा पनि कलाकारहरुले सरकार र आम नागरिकलाई सहयोग गरिरहेका छन् ।

यतिखेर नेपालमा भने दुई नायिका लकडाउनको समय ता*ण्डव नृत्य मै व्यस्त भएका छन् । कतिपय मिडियाले दुई नायिका को कुरालाई वाकयु*द्धको नाम दिएर विभिन्न भिडियो अन्तर्वार्ता गरिरहेका छन् । सामाजिक सञ्जालमा समेत उनीहरुलाई स्थान दिएर गालि गर्ने र सपोर्ट गर्ने क्रम जारी भएको छ ।

तर, यस्ता काम यतिखेर अनावश्यक मात्र हैन लकडाउनको समयमा ता*ण्डव नृत्य जस्तै भएको छ । यतिखेर हामी कुरा गर्दै छौं नायिका पुजा शर्मा र शुष्मा कार्की को वारेमा । केही समय अगाडी शुष्मा कार्कीले एक अन्तर्वार्तामा आफ्नो कुरा राख्ने क्रममा गेम खेल्नुपर्ने अवस्था थियो ।

त्यसमा उनले आफुले मन पराएका नायक नायिकाको नाम लिने र उनैको अभिनय गर्नु पर्ने अवस्थामा शुष्मासँगै भएका एक कलाकारले मन नपर्ने नायिका पुजा शर्मा बताएका थिए । त्यसपछि शुष्मा उत्साहित हुदै तालि बजाउन थाल्छन् । पछि उनले अनुहार न दनुहार भन्दै गालि समेत गर्छिन् ।

तर, यो कुरा करिब ६ महिना भन्दा अगाडीको हो । यतिखेर यहि कुरालाई निकाल्दै सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणी शुरु भएको छ । अन्य केही कलाकारहरु भने यतिखेर राहत वितरण र सहयोगमा व्यस्त छन् ।

कतिपय कलाकारहरु जनचेतनामूलक जानकारीहरु दिन व्यस्त भएका छन् । पुजाले पनि फिल्मका प्राविधिकहरुलाई राहत वितरण गरेकी थिईन् । तर, शुष्मा कार्की भने यतिखेर मिडिया हाउस चाहार्दै पुजाको विरुद्धमा लागिरहेकी छिन् । यता पुजा पनि त्यसको प्रत्तिउत्तरमा लागेकी छिन् ।

यी दुबैले यतिखेर लकडाउनको समयलाई ख्याल गरि एक अर्कोलाई अन्तर्वार्ताको क्रममा गरिएको गेम भनेर बुझ्नु पर्ने र एक अर्कोलाई सम्मान गर्नु पर्ने अवस्था थियो । यतिनै नभएपनि दुबैले दुबैको कुरामा चासो नदिएकी भएपनि ठिकै हुन्थ्यो । तर, लगातार दुई पक्षको सामाजिक सञ्जालमा देखिएका वित*ण्डा हेर्दा ता*ण्डव नृत्य नै लाग्छ ।

यस्ता बेकामे रोइलोमा कलाकारहरु लाग्न चेतनाको कमी मात्र हो । लकडाउनको बेला के गर्दा हुन्छ के गर्दा हुन्न भनेपनि छुटाउन नसक्ने कलाकारहरुबाट नेपाली फिल्मको कलाकारिता पेशा कसरी मर्यादित होला ? त्यो भन्ने सबै कलाकारहरुले बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *