Butwal Sandesh

Best Nepali Online Newspaper

२० जनाको उपस्थितिमा गरियो अभिनेता ऋषि कपूरकोे अ’न्त्ये’ष्टि, छोरी रिद्धिमा पनि अनुपस्थित

Spread the love

चर्चित बलिउड अभिनेता ऋषि कपूरकोे अ’न्त्येष्टि गरिएको छ । उनको बिहिबार साँझ मुम्बइको चन्दनवाडीस्थित आर्यघाटमा अ’न्तिम सं’स्कार गरिएको हो ।

६७ वर्षका कपूरको विहीबार विहान पौने ९ बजे नि’धन भएको थियो । अ’न्तिम सं’स्कारमा १५ जना मात्रै सहभागी हुने बताइए पनि अन्त्यमा २० जना सहभागी भएका थिए । जसमा परिवारका सदस्य बाहेक अन्य केही नातेदार सहभागी थिए ।

अन्तिम संस्कारमा श्रीमती नीतू कपूर, छोरा रणबीर कपुरका साथै सेफ अली खान, करीना कपुर, आलिया भट्ट, अभिषेक बच्चन उपस्थित थिए । ऋषिकी छोरी रिद्धिमा कपुर साहनी भने लकडाउनका कारण अ’न्तिम सं’स्कारमा उपस्थित हुन पाइनन् ।

बलिउड चर्चित अभिनेता ऋषि कपुरको बिहीबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा नि धन भयो । दुई बर्षदेखि क्या न्सर रो गले ग्र सित कपुरको ६७ बर्षमै नि धनले बलिउडमा ठुलो धक्का पर्यो । बलिउड सिने जगतमा उनको ठुलो योगदान रहेको छ । अर्का बलिउड अभिनेता इरफान खानको नि धन भएको एकदिन पनि नबित्दै कपुरको नि धनले सबलाई स्तब्ध बनायो । बलिउड फिल्म क्षेत्रमा यी दुई अभिनेताको उल्लेखनीय योगदान रहेको छ ।

अभिनेता ऋषि कपुर आज नि धन भएपछि उनका दर्शकहरुले उनलाई सधै सम्झिरहने छन् । कपुरको नि धन हुने भन्दा कहिँ समय अगाडी अस्पतालमा भर्ना भएका बेला एक डाक्टरले अस्पतालको बेडमै उनलाई उनैले अभिनय गरेका फोल्मका गीत गएर सुनाएका थिए । भिडियो क्लिपमा उनि पनि निकै खुसि संगै भावुक पनि बनेका थिए । गित गाइसकेपछि ति डाक्टरलाई आशिर्वाद पनि दिएका थिए । उपलब्धि हासिल गर्न सधै मेहेनत गर्नु पर्छ भन्दै सुझाव पनि दिएको थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । हेरौं भिडियो:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *