दक्षिण कोरियामा आज पहिलो पटक एक जनामा पनि कोरोना सङ्क्र*मण देखिएन । राष्ट्रपतिले जनतासंग बा*डे खुशियाली ।
दक्षिण कोरियामा कोरोना भाइरसको स ङ्क्रमण फैलिएदेखि आज बिहीबार पहिलो पटक कुनै पनि सङ्क्र मित भेटिएका छैनन् ।
देशको स्वास्थ्य मन्त्रालयका अधिकरीहरुका अनुसार बिहीबार कोरोना भाइरसबाट कुनै पनि व्यक्ति सङ्क्र मित भएको विवरण आएको छैन । दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोना भाइरसको स ङ्क्रमण फैलिन थालेको मन्त्रालयले जनाएको छ ।
कोरियाको रो ग नियन्त्रण तथा न्युनिकरण केन्द्रमा बिहीबार कुनै पनि सङ्क्र मितको विवरण दर्ता नभएको उल्लेख गरिएको छ । विकसित मुलुकका दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म दश हजार ७६५ जना सङ्क्र मित भएका छन् भने २४७ जनाको मृ त्यु भएको छ ।
कोरोना भाइरसबाट कुनै पनि नयाँ व्यक्ति सङ्क्र मित भएको विवरण नआएको दिनलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले खुशीयालीको दिनका रुपमा स्मरण गर्नुभएको छ । उहाँले यस्तो खुशीको दिन आउनुमा आम नागरिकको समूहिक प्रयासबाट सम्भव भएको उल्लेख गर्दै यसको श्रेय आम नागरिकलाई नै दिनुभएको छ ।
हाम्रो देशका कोरोना भाइरसको सङ्क्र मण फैलिएको आज ७२ दिन भएको छ, आज दिनभरी कुनै पनि व्यक्ति कोरोना भाइरसबाट सङ्क्र मित भएको विवरण नआएको पहिलो दिन भएको छ, राष्ट्रपति मुनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । कोरोना भाइरसको सङ्क्र मण फैलिएपछि नियन्त्रणमा पाएको सफलताकोे विश्व स्वास्थ्य सङ्गठन लगायत विश्व समुदायले कोरियाली स्वास्थ्य सेवाको प्रशंसा गरिएको छ ।