Butwal Sandesh

Best Nepali Online Newspaper

यी नयाँ ६ लक्षणहरु देखिएमा पनि कोरोना सं*क्रमण हुन सक्छ । यस्ता छ्न नयाँ ६ लक्षणहरु.. पुरा पढ्नुहोस

Spread the love

कोरोना भाइरसको सुरुवाती लक्षणमा सुख्खा खोकी, कडा ज्वरो र स्वास फेर्न स,मस्यालाई मानिँदै आएको थियो। तर यो भाइरससँग जोडिएका अन्य नयाँ लक्षण पनि सार्वजनिक भएका छन्। जसको बारेमा अमेरिकाको हेल्थ इन्स्टिच्युट सीडीसी (सेन्टर्स फर डिजिज एन्ड प्रिर्भेन्स) ले सूचीकृत गरेको हो।सीडीसीका अनुसार कोरोना भाइरस हुँदा तीन प्रमुख लक्षणका अलावा अन्य कयौँ लक्षण देखिने गरेका छन्। जसलाई बेवास्ता नगर्न सीडीसीले चेतावनी दिएको छ। सीडीसीले यस भाइरस लागेपछिका ६ नयाँ लक्षणबारे खुलासा गरेको छ। ती अनुसन्दाताले यी सबै लक्षण २ देखि १४ दिनभित्र देख्‍न सकिन्छ।

१. सीडीसीका अनुसार कोरोना भाइरस लागेपछि मानिसलाई चिसो लागे जस्तो समस्या देखिनेछ। यो लक्षण अन्य बेला पनि हुने सं क्रमण जस्तै छ, जसबाट तपाईंलाई सर्दी लागेको महसुस हुन्छ।

२. कोरोना पोजेटिभ भएपछि सर्दीसँगै ठन्ड लाग्ने तथा जोर्नी दुख्‍ने जस्ता लक्षण पनि आउन सक्छन्। चिसोका कारण रोगीको शरीर कक्रिने जस्तो समस्या आउँछ।

३. सीडीसीले बताए अनुसार कोरोनाका बि,रामीमा मांसपेशीमा एकदमै पी,डा हुने गर्छ। यसअघि पनि विज्ञहरुले कोरोनाले सताउँदा यस लक्षणको चर्चा गरिसकेका छन्।

४. कोरोना सं क्रमित व्यक्तिको शरीरको चौथा लक्षण भनेको चर्को टाउको दु,खाइ पनि हो। चीन र अमेरिकामा देखिएका कयौँ कोरोना पोजेटिभ मानिसहरुमा टाउको दुख्ने समस्या पनि देखिएको छ।

५. सीडीसीले कोरोना सं क्रमित व्यक्तिको गलामा दुखाइसँगै खसखसाउने समस्या पनि आउने जनाएको छ। अहिलेसम्म सार्वजनिक कयौँ मामिलामा गलामा पी,डा हुने गरेको पाइएको छ। साथै गला सुन्‍निने समस्या पनि कोरोना सं क्रमितहरुमा देखिएको छ।

६. सीडीसीले आफ्नो रिपोर्टमा कोरोनाका बि,रामीको जिब्रोले कुनै पनि वस्तुको स्वाद पहिचान गर्न सक्दैनन्। अहिलेसम्म कयौँ देशमा कोरोनाका बिरामीले खानाको स्वाद थाहा नपाएका घटना सार्वनजिक भइसकेका छन्। उनीहरुले कोरोनाको उपचाका क्रममा जिव्रोले स्वाद थाहा पाउने शक्ति!

त्यस्तै गरि कोरोना सं क्रमण रोकथामका लागि डेढ महिना अवधिमा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १५ हजार ७६३ व्यक्तिको परीक्षण गरिएको छ । पीसीआर प्रविधिबाट २ हजार ७७७ र आरडिटी विधिबाट १२ हजार ९८६ जनाको नमुना संकलन गरि परीक्षण गरिएको हो ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले मंगलबार सार्वजनिक गरेको कोरोना सं क्रमणको अवस्था तथा परीक्षण, उपचार र स्वास्थ्य सामग्रीको अवस्थाबारेको विवरणमा उल्लेख भएअनुसार हालसम्म प्रदेशमा ५ जना कोरोना पोजेटिभ बिरामी फेला परेका थिए । जसमध्ये अघिल्लो सातासम्म ४ जना निको भइ घर फर्किसकेका छन भने १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

१५ हजार ७६३ जनाको नमुना संकलन गरिएकोमा २ जनाको मात्र परीक्षण नतिजा आउन बाँकी रहेको छ । पीसीआर विधिबाट गरिएको नमुना संकलनको नतिजा आउन बाँकी रहेको हो । प्रदेशभरी मंगलबारसम्म आइसोलेसनमा रहेका शं,कास्पद बिरामीहरुको संख्या ५ रहेको छ । धनगढीमा २, कैलालीको चौमाला स्वास्थ्य केन्द्रमा १ तथा अछाम र डडेलधुरा जिल्ला अस्पतालमा १/१ जना गरि ५ जना आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आइसोलेसनमा रहेकाहरुको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुबाट जानकारी प्राप्त भइरहेको छ,’ सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, अब जिल्ला अस्पतालमा कुनै बिरामी कोरोना पोजेटिभ देखिएमा पनि सम्वन्धित जिल्लामै उपचार गराउनसक्ने स्वास्थ्य सामग्री र दक्ष जनशक्ति उपलब्ध हुने अवस्था रहेको छ । उनले परीक्षणका लागि किटहरुको अभाव देखा पर्न थालेको जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी ५ हजार ३३२ जनाको कैलालीमा आरडिटि परीक्षण गरिएको छ भने सबैभन्दा कम २ सय २० जनाको डडेलधुरामा गरिएको थियो । कञ्चनपुरमा १ हजार ८१६ जनाको आरडिटि परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *