Butwal Sandesh

Best Nepali Online Newspaper

बारामा फेला परे थप एक जना कोरोना सं*क्रमित, आजै थपिए नेपालमा चार सं*क्रमित, जम्मा सं*क्रमित संख्या ५८ पुग्यो

Spread the love

बैशाख । बारामा थप एक जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा निर्मित कोरोना अस्थायी अस्पतालको आइसोलेशनमा रहेका थप एक जनामा कोराना सं क्रमण देखिएको हो । यसअघि आज विहान मात्र बारामा नै एक जनामा कोरोना सं क्रमणको पुष्टि भएको थियो ।

सं क्रमित दुवै मुस्लिम समुदायका हुन भने उनीहरु दिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर आएका व्यक्ति रहेको प्रशासनले जनाएको छ ।

उनीहरु फागुन २९ गते दिल्लीबाट नेपाल फर्केका हुन । उनीहरुसँगै नेपाल फर्केका एक व्यक्तिमा कोरोना सं क्रमण देखिएपछि उनीहरुलाई सिमरा स्थित आईसोलेसनमा राखी स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको अस्पतालले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १९ ईनर्वासिरामा रहेको मस्जिदमा धार्मिक गुरुको रुपमा रहेको समेत खुलेको छ ।

अस्पतालका चिकित्सक अनुस थाका अनुसार उनीहरुको यही बैशाख १४ गते स्वाब संकलन गरी बीरगञ्ज पठाईएको र बीरगञ्जले काठमाण्डौ पठाएको थियो ।
बीरगञ्जमा सं क्रमित एक व्यक्तिसँगै उनीहरु नेपाल फर्किएको जानकारी पाएपछि उनीहरुलाई सिमरामा रहेको आईसोलेसनमा राखिएको थियो ।

दुवै पुरुषमा कोरोना सं क्रमण देखिएपछि अहिले उनीहरुलाई बीरगञ्ज स्थित कोभिड अस्पताल पठाईएको अस्थायी अस्पताल सिमराका प्रवक्ता कृष्ण गैरेले जानकारी दिनुभयो ।

यस अघि आज विहान पर्सामा पनि दुई जनामा कोरोना संक्र मणको पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना सं क्रमितहरुको संख्या ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *