Butwal Sandesh

Best Nepali Online Newspaper

खा,डीका ६ दे,शमा कोरोना भा,इरसको सं*क्रमण ब*ढ्दो, लाखौं नेपाली जो*खिममा

Spread the love

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले २९२ जनाको मृ त्यु भएको छ भने ५१ हजार ७६० जना सं क्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५२ जनाको मृ त्यु भएको छ । त्यहाँ २० हजार ७७ जना सं क्रमित भएका छन् ।

यस्तै यूएईमा ८९ जनाको मृ त्यु भएको छ भने ११ हजार ३८० जना सं क्रमित भएका छन् । कोरोना भाइरसको सं क्रमणले कुवेत २३ जनाको मृ त्यु भएको छ भने ३ हजार ४४० जना सं क्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृ त्यु भएको छ । ती देशहरुमा क्रमश ११ हजार ९२१ र २ हजार १३१ सं क्रमित भएका छन् ।

कोरोना भाइरसको सं क्रमणले बहराइनमा ८ जनाको मृ त्यु भएको छ । त्यहाँ २ हजार ८११ जना सं क्रमित भएका छन् ।

२६२ जना नेपाली सं क्रमित

गैह्रआवासिय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोना भाइरसले अहिलेसम्मका खाडीका ६ राष्ट्रमध्ये युएईमा २ जना नेपालीको मृ त्यु भएको छ भने २६२ जना सं क्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये बहराइनमा १२६, युएईमा ८१, कुवेतमा ५१ र साउदीमा ४ जना गरी २६२ जना नेपाली सं क्रमित भएको एनआरएनएले जनाएको छ ।

नेपाली श्रमिकको आकर्षक श्रम गन्तव्य मानिने खाडी मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । ती मुलुकमा कोरोना भाइरसको सं क्रमण बढिरहँदा लाखौँ नेपाली जो खिममा परेका छन् ।

कतिपय नेपालीहरुले नेपाल आउन चाहिरहँदा समेत सरकारले ल्याउने तदारुकता नदेखाउँदा अ प्ठेरोमा परेको गुनासो गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *